प्रदेश

लुम्बिनीका सबै पहाडी जिल्लाका सडक अवरुद्ध, तत्काल खुलाउन नसकिने



बुटवल, १२ असोज। शुक्रबार साझदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार विहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ । निरन्तरको वर्षा र रातको समय भएका कारण पहिरो खुलाउन शनिबारसम्म कुर्नुपर्ने अवस्था आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली–१ मा पहिरोले बाटो अवरुद्ध भएको हो । उता रोल्पा त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुमपूर्य, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न मुख्य तथा सहायक सडकहरु पूर्ण अवरुद्ध भएका छन् । निरन्तर वर्षा भइरहेकाले यहाँका बाटो खुलाउन समय लाग्ने त्यहाँस्थित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

त्यसैगरी तराई क्षेत्रमा बाढीको खतरा बढ्दै गएको छ । नवलपरासीमा गण्डक, रुपन्देहीमा तिनाउ, दावन र रोहिणी, कपिलवस्तुमा वाणगंगा, दाङमा राप्ती नदीमा बढेको बाढीबाट सर्तकर्ता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । शनिबार बिहानसम्म नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित : १२ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६