ब्रेकिंग न्युज

नव प्रभात सामुदायिक वनको १४ औं साधारण सभा,४ करोड भन्दा बढीको बजेट पेश



पशुपति गिरी, असोज १२ बाणगंगा । नव प्रभात सामुदायिक वन उपभोक्ता समुहले ४ करोड १५ लाख बराबरको बजेट पेश गरेको छ । वनले आ.व २०८१।०८२ का लागि ४ करोड १५ लाख ४७ हजार ८ सय ९६ रुपैयाँको अनुमानित लोकप्रिय बजेट पेश गरेको हो । शनिबार वनको प्राङ्गणमा भएको १४ औँ वार्षिक साधारण सभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । वनका अध्यक्ष डिल्लीराज रेग्मीले प्रस्तुत गरेको वनको अनुमानित आम्दानी तथा खर्च साधारण सभाले पास गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले वनलाई जोगाउदै सदुपयोग गर्न सके देशको विकास छिटै हुने बताउनु भयो । नव प्रभात सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधरण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सम्पुर्ण सामुदायिक वनहरुले नगरसंग संमन्वय गरेर काम गरेमा नगरवाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र सामुदायिक वनहरुले धेरै प्रकारका प्रगति गरी वनवाट धेरै प्रतिफल प्राप्त गर्न सकिने बताउनुभएको छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा वाणगङ्गा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष बाबुराम अर्यालले विकास निर्माणका काममा वडा संगको सहकार्यमा काम गर्न सकेमा वडाको विकास वडा वासिको चाहाना र सोचे अनुरुप हुने बताउनु भयो ।त्यसैगरी डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ट वन अधिकृत शिव नन्दन शाहले वनको महत्व काठ दाउरामा मात्रै नभएर हरेक क्षेत्रमा रहेको बताउदै दिगो वन व्यवस्थापनमा जोड दिनु पर्ने बताउनु भयो । साथै उहाँले आफुले सामुदायिक वनका लागि गर्नुपर्ने सम्र्पुण कामहरु ईमान्दारीका साथ गर्ने र वन जङ्गल संरक्षणमा आफु सधै लागि रहने बताउनुभयो ।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन समिती अध्यक्ष रेनु सेन, नव प्रभात सामुदायिक वनका संस्थापक अध्यक्ष गुणादेवि पन्थि विभिन्न वनका अध्यक्ष तथा प्रतिनिधि, राजनैतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, वनका सल्लाकारहरु, वनका उपभोक्ताहरु, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ प्रगति प्रतिवेदन समुहका सचिव सिता भुषालले प्रस्तुत गर्नुभएको थियो। यस्तै समुहका कोषाध्यक्ष लक्ष्मी भुषालले आर्थिक प्रतिवेदन प्रस्तुत गनुभएको जनाईएको छ । यता लेखा समितिको प्रतिवेदन लेखा संयोजक राम प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । वनका उपाध्यक्ष मित्रलाल कंडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव सिता भुषालले गर्नुभएको थियो ।

प्रकाशित : १२ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६