अर्थ-वाणिज्य

अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा रोक्ने सरकारको निर्णय




काठमाडौं १३ असोज । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षाको कारण विपद् परेको भन्दै सबै तहका परीक्षा केही समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै सरकारले विपद्‍मा परेर घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्ने निर्णय पनि भएको मन्त्री गुरुङले जानकारी दिए । मृतकका परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि उनले बताए । ‘उद्धारको लागि सरकारको सबै संयन्त्रले काम गरिरहेको छ । राहत र उद्धारको लागि लाग्न हामीले सम्बन्धित सबै मन्त्रालयलाई भनेका छौँ । हामीले क्षतिको मूल्यांकन गरेका छौँ । सरकारले क्षतिपूर्ति दिन्छ’, उनले भने ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६