प्रदेश

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा



कपिलवस्तु, १४ असोज । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजि गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख रउपप्रमुखहरुको सहभागीता थियो ।

बालबालिकाहरुमा विभिन्न सरुवा रोग बिरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरस बाट हुने झाडापखाला बिरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँविकास समितिबाट पूर्णखोप घोषणागरी सुरु गरिएको थियो ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६