प्रदेश

मुख्यमन्त्री आचार्यद्वारा सीमा क्षेत्रमा एकीकृत जाँच सेवा विस्तार गर्न निर्देशन



हरि घिमिरे, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकीकृत जाँच सेवा विस्तार गर्न निर्देशन दिएका छन्। दाङमा आयोजित प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा भएको छलफल कार्यक्रममा, मुख्यमन्त्री आचार्यले खुला सिमानाका कारण अवैध रूपमा भारतबाट भित्रिने मासु, दूध, तथा कृषि उपजका सामाग्रीहरूका कारण राजस्व चुहावट भइरहेको र यसलाई नियन्त्रण गर्न एकीकृत जाँचको आवश्यकता रहेको बताए।

भारतबाट नेपाल भित्रिने पर्यटकहरूलाई धेरै सुरक्षा जाँचका कारण समस्या भोग्नुपरेको तथा अवैध रूपमा कुखुरा, खसिबोका, माछा, दूध जस्ता सामग्री भित्रिने गुनासो बढेपछि मुख्यमन्त्री आचार्यले समस्या समाधानका लागि एकीकृत जाँचको कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाए।

सवारी साधनको रुट परमिट सीमा क्षेत्रमै प्रदान गर्ने व्यवस्थामा जोड दिँदै, मुख्यमन्त्रीले उद्योग, पर्यटन, तथा यातायात व्यवस्था मन्त्रालयलाई यससम्बन्धी निर्देशन पनि दिए। साथै, भन्सार क्षेत्रमा एकीकृत सुरक्षा जाँचका लागि प्रदेश सरकारले कर्मचारी खटाउने र यातायात तथा घरेलु कार्यालयसँग समन्वय गरेर काम गर्ने व्यवस्था मिलाइने बताए।

प्रकाशित : १५ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६