प्रदेश

जनताका समस्या समाधान गरौंः एमाले नेता अर्याल




कपिलवस्तु, आश्विन १४ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बाणगंगा नगर इन्चार्ज चक्रपाणी अर्यालले जनताका तत्कालिन तथा दीर्घकालिन समस्या समाधान तर्फ सबै पक्षको ध्यान जानु आवश्यक रहेको चर्चा गर्नु भयो । बाणगंगा नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका नेता अर्यालले राज्यका नीति, विधी, प्रक्रियालाई समेत ध्यानमा राख्दै जनअपेक्षा पुरा गर्ने तर्फ प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यक रहेको औलाउनु भयो । नगर प्रमुख अर्यालले नेकपा (एमाले बाणगंगाको नगर कमिटी वैठकलाई बैरियामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । वैठकमा जिल्लाबाट खटिएका वडा इन्चार्ज तथा वडा कमिटी अध्यक्षले समिक्षामा आ आफ्ना धारणा राख्नु भएको थियो । वैठकले आगामी कार्य योजनाका बारेमा छलफल गरेको एमाले बाणगंगाले जनाएको छ । वैठकमा एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेले मन्तब्य राख्नु भएको थियो । नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष भिम बहादुर थापाको स्वागत मन्तब्य र सचिव चेतनारायण भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

वैठकले आश्विन १२, १३ र १४ गतेको राष्ट्र ब्यापी बाडी पहिलोबाट भएको जन, धनको क्षति प्रति दुःख ब्यक्त गर्दै पहिरो ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । वैठकले राज्यको तर्फबाट उचित राहत, क्षतिपूर्तीको ब्यवस्थाका लागि आग्रह गरेको एमाले बाणगंगाले जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६