बिजनेस

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको नयाँ ब्यवस्थापन सहित भोलि उद्घाटन



कपिलवस्तु । वाणगंगामा नयाँ सुविधा जनक ” पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस” सञ्चालनमा आउने भएको छ । वाणगंगाको तौलिहवा रोड स्थित ठाकुरापुरमा उक्त पार्टी प्यालेस सञ्चालनमा आउने भएको हो । वाणगंगा नगरपालिका वडा नं. ३ सिउटी बाट लामो समयदेखि सेवा दिदै आएको पंजाबी तड्का रेष्टुरेण्टले अब नयाँ ब्यवस्थापनसहित बाणगंगा वडा नं.४,ठाकुरापुर बाट थप सेवा दिने भएको छ ।

बदलिँदो र अत्याधुनिक बजारमा अब पुरानै शैलीले होटल संचालन नहुने भन्दै ग्राहकहरुको मागलाई मध्यनजर गर्दै नयाँ ब्यवस्थापनसहित सेवा सुरु हुन लागेको सञ्चालक यादव चुदालीले जानकारी दिनुभयो ।

बाणगंगामा होटलहरुको प्रतीस्पर्धाका बिच पनी यो रेष्टुरेण्ट सबै सुबिधा दिने उद्देश्यका साथ स्थापित भएको हो ।इन्डिया ,कपिलवस्तुामा वषौ देखि होटलको क्षेत्रमा काम गर्दै आउनु भएका यादव चुदालीको लगानीमा नँया व्यवस्थापनका साथ यो ” पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस” सञ्चालनमा आएको हो ।

सेवाको औपचारिक सुरुवात भोलि असोज १७ गते घटस्थापनाको दिन लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी र बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले गर्ने चुदालीले बताए ।

उक्त रेस्टुरेण्टमा थकाली खाना सहित, ईन्डियन ,चाइनिज परिकारका खानालगायत विभिन्न नयाँ नयाँ नास्ताको ब्यवस्था रहेको छ । रेष्टुरेण्टमा कार्यक्रम हल, विवाह पार्टी, बर्तबन्ध सहित पारिवारिक बातावरण ,एसी र फ्री वाईफाईको सुविधा रहेको छ । ग्राकहलाई नयाँ अनुभुति दिलाउने गरी नयाँ ब्यवस्था गरिएको बताउँदै दशैँ तिहार र छठ पर्वको अवसरमा विशेष छुट रहेको पनि चुदालीले बताए ।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६