खेलकुद

दशैँको अवसरमा लायन्स क्लबले पोखरीमाथि खेलाइने नयाँ खेल आयोजना गर्दै



हरि घिमिरे, १६ असोज । कपिलवस्तुमा यस वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लायन्स क्लब अफ कपिलवस्तुले नयाँ साहसिक खेल “पाउन्ड क्रस विथ रोप” प्रतियोगिता आयोजना गर्न लागेको छ। क्लबले यसअघि साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता गर्दै आएको भए पनि यसपटक असोज २३ गते फुलपातिको दिन पोखरीमाथि हुने खेल गराउने तयारी गरेको हो । खेल संयोजक राम शुभागे थारुका अनुसार, खेलाडीहरूले पोखरीमाथि १० फिटको उचाइमा राखिएको डोरीमा अड्काइएका रिङ समातेर ५० मिटर दुरी पार गर्नु पर्नेछ, जहाँ सबैभन्दा छिटो दुरी पार गर्ने खेलाडी विजेता हुनेछ ।

प्रतियोगिता दुई उमेर समूहमा विभाजन हुनेछ । ८ देखि १६ वर्षका बालबालिकाहरूको लागि छुट्टै संरचना तयार गरिएको छ भने १६ वर्षभन्दा माथिको जुनसुकै उमेर समूहको लागि अर्को प्रतियोगिता हुनेछ। खेलको संरचना निर्माण सुरु भइसकेको र यसलाई नेपालमा पहिलोपटक गरिन लागेको संयोजक थारुले दावी गरेका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूले १ हजार रुपैयाँको फारम भरी अभिभावकको स्वीकृति लिनुपर्नेछ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिनेछ। जुनियर समूहका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। क्लबका अध्यक्ष नवदत्त घिमिरेले यो खेलले पर्यटन प्रवर्द्धनसँगै अटिजम र लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने लक्ष्य राखेको बताए।

प्रतियोगितामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने सुरक्षाका लागि उच्च सतर्कता अपनाइने क्लबले जनाएको छ। पत्रकार सम्मेलनमा क्लबका सदस्यहरूले सफलताका लागि सबैलाई साथ दिन आग्रह गरेका थिए।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६