प्रदेश

एकीकृत समाजवादी कपिलवस्तुको समिक्षा बैठक सम्पन्न, अवसरवाद विरुद्ध डटेर लाग्नुपर्नेमा जोड



कपिलवस्तु, १७ असोज ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको समीक्षा बैठक बिहीबार सम्पन्न भएको छ । जिल्लाको बाणगङ्गास्थित जितपुर चारनम्बरमा बसेको बैठकले पार्टीमा अवसरवाद चरम रुपमा मौल्याएको भन्दै त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य अहमद अब्दुल रउफले समाजवादीलाई निस्तेजपारे ठूलै युद्ध जितेको ठान्ने प्रवृत्ति बढेको भन्दै त्यस प्रति सचेत बन्नुपर्नेमा जोड दिए ।


‘एकीकृत समाजवादीलाई निस्तेज पारे युद्धै जितिन्छ भन्ने प्रवृत्ति केपी ओलीका अनुयायीहरुमा देखिएको छ, केन्द्रीय सदस्य रउफले भनेु, ‘यस्तो राजनीतिले कसैको जित हुँदैन । यस्ता सोच हटाऔँ ।’

बिद्रोह पश्चात पार्टी निर्माण भएको कारण आफूहरु हिड्ने बाटाहरु स्वभाविक रुपमा सहज नभएको बताए । आफूहरु अफ्ठ्यारा बाटाबाटै अगाडि बढेको बताउँदै अहिले नै निरास र हतोत्साहित हुन नहुनेमा उनले जोड दिए ।

कपिलवस्तुको पार्टी एकताबद्ध भएको भएपनि नेतृत्वमा पुगेका सिमित व्यक्तिमा निरासा, कुण्ठा मात्र देखिएको कारण सोचे जस्तो पार्टीको काम हुन नसकेको उनले स्विकार गरे ।

साथै उनले कम्युनिस्ट पार्टी बिचारले मात्र मजबुत बन्ने भन्दै पार्टीको राष्ट्रिय महाधिवेशनले पास गरेको समाजवाद सम्बन्धि बिचारलाई आम जनतासामु लैजानुपर्नेमा जोड दिएका छन् ।

समाजवादीका जिल्ला उपसचिव राम पौडेलको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला सचिवालय सदस्य दिपक पन्थी, डिल्लिराज अर्याल, जेपी खनाल, यदुराम पौडेल लगायतले बोल्दै जिल्लामा पार्टी बिस्तारलाई तिब्र बनाउँदै जानुपर्नेमा जोड दिए ।बैठकमा आउँदै गरेका बदादशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६