प्रदेश

अंशु स्टेसनरी स्पोर्ट्स तथा फेन्सी हाउस सुभारम्भ, नयाँ व्यवस्थापनसहित उत्कृष्ट सेवा



हरि घिमिरे, १८ असोज । लामो समयदेखि बाणगंगाको चार नम्बर क्षेत्रमा सेवा दिँदै आएको अंशु स्टेसनरी तथा स्पोर्ट्स हाउसले नयाँ व्यवस्थापनसहित सुभारम्भ गरेको छ। घटस्थापनाको अवसरमा दशैंको पहिलो दिन, विहीबार एक विशेष समारोहबीच व्यवसायलाई सुरु गरिएको हो।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले व्यवसायको उद्घाटन गर्दै नगर क्षेत्रमा खुलेका व्यवसायहरूलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै व्यवसायहरूलाई नविनतम शैली अपनाउनुपर्ने बताए। सर्वसाधारणले यस्ता व्यवसायिक घरानाहरूलाई सहयोग र समर्थन गर्नुपर्नेमा अर्यालले जोड दिएका छन् । उनले स्थानीय उत्पादन र व्यवसायलाई प्राथमिकता दिँदै उपभोक्ताहरूले पनि स्थानीय व्यवसायहरूबाट सेवा लिन आग्रह गरेका छन् ।

अंशुका प्रोप्राइटर सुनिल पाण्डेले अब पुरानै ढाँचामा पसल संचालन सम्भव नहुने भन्दै नयाँ व्यवस्थापनको साथ सेवा सुरु भएको जानकारी दिए। उनले पुरानो घरको दक्षिण छेउमा रहेको दोश्रो तलाबाट अंशुले स्टेसनरी, खेलकुद सामग्री मात्र नभई, गितार, ड्रम सेट, मादल जस्ता बाद्यबादनका सामानहरू र ब्राण्डेड फेन्सी कपडाहरू समेत उपलब्ध गराउने बताए।

ग्राहकहरूलाई नयाँ अनुभूति दिलाउने उद्देश्यले नयाँ व्यवस्थापन गरिएको र दशैं, तिहार तथा छठ पर्वको अवसरमा विशेष छुटको व्यवस्था गरिएको पाण्डेले जानकारी दिए। पाण्डेले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्दै, बजारमा लगानीको वातावरण नभए पनि जोखिम मोलेर व्यवसायमा प्रवेश गरेको बताए।

प्रकाशित : १८ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६