प्रदेश

मन्त्री अधिकारीद्धारा १ सय २२ थान लालपुर्जा वितरण




कपिलवस्तु, १८ आश्विन ।
नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले एक कार्यक्रमका बीच १ सय २२ थान लालपूर्जा वितरण गर्नु भएको छ । मन्त्री अधिकारीले बाणगंगा न.पा. वडा नं. १० का ९६ र कपिलवस्त नगरपालिका वडा नं. ७ का २२ गरी १ सय २२ थान लाल पूर्जा वितरण गर्नु भएको हो । मन्त्री अधिकारीले २१ सालदेखि २८ साल सम्म नापी कार्य संचालन गरिएको बताउनु भयो ।

नापी कार्यलाई दशै तिहार लगत्तै ५ टोली निर्माण गरी अभियानकै रुपमा नापी कार्य सम्पन्न गर्न चाहेको बताउदै जनताका समस्या समाधानमा आफु प्रतिवद्ध रहेको धारणा राख्नु भयो । मन्त्री अधिकारीले भूमि हिन सुकुम्बासी, अब्यवस्थित बसोबासीको समस्यालाई सधाको लागि निर्मूल पार्ने गरी कार्य सम्पादन गर्न चाहेको स्पष्ट पार्नु भयो । मन्त्री अधिकारीले नापी कार्यालय तौलिहवा, कपिलवस्तु , बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाद्धारा आयोजित जग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण समारोहमा यस्तो धारणा राख्नु भएको हो ।

कार्यक्रममा ३९० वटा गाउँ ब्लकको ७२१८ थान पूर्जा वितरण कार्य सम्पन्न भएको र ७८२ गाउँ ब्लक कित्ता संख्या मध्ये १५ हजार घरधुरी जग्गाधनी प्रमाण पत्र पूर्जा तयार गर्न बाँकी रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले जग्गा विहिन हुदाको पिडा राख्दै जग्गाधनी मालिक बन्न पाएकोमा बधाई ज्ञापन गर्नु भएको थियो । नगर प्रमुख अर्यालले छिटो छिटो आयोग परिवर्तन हुदा काम गर्न कठिनाई भएको तर्क गर्दै जीवन भर पूर्जा वितरण कार्य कार्य गर्नु उपयुक्त नहुने तर्क गर्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, नापी विभाग नापी कित्तानापी महाशाखाका उपमहानिर्देशक सुसिल डंगोलले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा समाजसेवी डम्मर शर्मा, प्रमुख स्वकिय सचिव भेषराज पाण्डे, प्रहरी उपरीक्षक, वडा नं. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षता, जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक बहादुर भण्डारीको स्वागत मन्तब्य र नापी विभागका निर्देशक दामोदर ढकालको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १८ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६