ब्रेकिंग न्युज

बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको सातौँ बार्षिक साधारण सभा सम्पन्न



लक्ष्मण साप्कोटा,कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगर कपिलवस्तुको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । खानेपानीको बाणगंगा २ नन्दनगरमा अवस्थित संस्थाको कार्यालय प्रांगणमा आयोजित साधारण सभामा समितिका अध्यक्ष बिश्व कार्कीले समितिले गरेका क्रियाकलापको बारेमा जानकारी गराउँदै आगामी लक्ष्य समेत प्रस्तुत गर्नु भएको थियो । साधारणसभा सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै अध्यक्ष कार्कीले उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन समितिले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।


कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रि बलराम अधिकारीले खानेपानीले स्थानीयलाई शुद्ध पानी उपलब्ध गराएको भन्दै संस्था सुशासन, पारदर्शी तथा जवाफदेही तरिकाले सञ्चालन भईरहेको बताउनुभयो ।लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य माननीय बिष्णु पंथी हरेक व्यक्तिलाई स्वास्थ्य राख्न शुद्ध खानेपानीको अहम भूमिका रहेको बताउँदै खानेपानी तर्फ संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो ।


बाणगंगा नगर उप प्रमुख रिता कुमारी थारुले सम्पूर्ण नगरबासीलाई शुद्ध पानी उपलब्ध गराउनका लागि खानेपानी सम्बन्धि नगरले नै योजना बनाएर अघि बढ्ने बताउनु भयो ।बाणगंगा नगरपालिकाका प्रवक्ता बाणगंगा नगरपालिका वडा नं–२ का वडा अध्यक्ष विष्णु पौडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका प्रमुख सिनियर डिभिजन ईन्जिनियर देवेन्द्र कुमार झा, खानेपानी डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख डिभिजन ईन्जिनियर दिनेश कुमार शाह, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम शाह, मनकामना सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष मुक्त बहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी भद्रभलादमी, संस्थाका उपभोक्ता एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा संस्थाका अध्यक्षता बिश्व कार्कीको अध्यक्षता उपाध्यक्ष हर्क बहादुर कार्कीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव हिमलाल अधिकारीले गर्नु भएको थियो ।बिगतका दिनमा विभिन्न कार्यक्रममा उपभोक्ताको सहभागिता कम रहने हुँदा यस पालि बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले साधारण सभामा उपस्थित उपभोक्तालाई एक महिनालाई खानेपानी महशुलमा ५ प्रतिशत छुट रहेको छ ।

प्रकाशित : १९ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६