ब्रेकिंग न्युज

अझै ३० सडक अवरुद्ध, चलेकामा पनि सास्ती



काठमाडौं २० असोह। गत साताको बविरल बर्षापछिको बाढी र पहिरोले अझै देशभर ३० सडक अवरुद्ध छन् । बीपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, पुष्पलाल मध्यपहाडी मार्ग, रवि राँके सडक, बेत्राबती मैलुङ सडकलगायत राजमार्ग र सडक विभिन्न खण्डमा अवरुद्ध भएका हुन् । देशभर ४२२ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

नवलपरासीको दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा आएको छ । हिजो साँझ भासिएको सडक मर्मत गरेर एकतर्फी सवारी सञ्चालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित खुर्सानी खोलानजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो ।

भासिएको ठाउँमा माटो र ढुङ्गाले भरेर सवारी चलाउँदा फेरि भासिने भएकाले एकतर्फी मात्र सञ्चालन गरिएको हो । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका–७ सितली नजिकै ज्यामिरेमा अवरुद्ध सडक एकतर्फी खुलाइएको छ । सडक खुलेसँगै यातायात सञ्चालनमा आएको छ । राजमार्ग यातायात भासिएपछि अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलेपछि रामेछाप, ओखलढुंगा, सिन्धुली लगायतबाट वैकल्पिक राजमार्गबाट प्रयोग गरेका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रोकिएका कतिपय सवारी साधनले तामाकोशी गाउँपालिकाको जफे हुँदै किर्नेटार सडक प्रयोग गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सडक मर्मत गरेर दुईतर्फी खुलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित : २० आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६