खेलकुद

शक्ति गौचन एनपीएलमा लुम्बिनीका लागि कन्सल्टेन्ट प्रशिक्षक नियुक्त



काठमाडौं, २० असोेज ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचन नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका लागि कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त भएका छन् । लुम्बिनी लायन्सका‌ मालिक इश्वर जिसी र गौचनले शनिवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा पनि निरन्तरता पाउने बताइएको छ।

एनपिएलको आयोजनाका लागि गौचनले नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए। उनले लुम्बिनीलाई आफूलाई मौका दिएकोमा धन्यवाद दिँदै टोलीलाई सफलता दिलाउन आफ्नोतर्फबाट शतप्रतिशत दिने बताए । लुम्बिनीका मालिक जिसी गौचनलाई भित्राउन पाउँदा गर्व लागेको बताए । उनले टोली अहिले अक्सनमा केन्द्रित रहेको र मुख्य प्रशिक्षक चाँडै नियुक्त गर्ने बताए।

क्यानका सचिव पारस खड्काले नेपाली‌ क्रिकेटमा गौचनको योगदानलाई आफूले शब्दमा बयान गर्न आवश्यक नरहेको बताए । लुम्बिनीका मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल रहेका छन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ कियर प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ । लिगमा सहभागी रहने नेपाली खेलाडीका लागि आइतवार अक्सन हुने तय भएको छ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्ने छन् ।

प्रकाशित : २० आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६