प्रदेश

कृषिको आधुनिकीकरणमा जोड



कपिलवस्तु, २२ असोज । कृषिमा आधुनिकीकरणमा आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाई कपिलवस्तुले आयोजना गरेको सार्वजनिकरण गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

परियोजनाले जिल्लाको कृषि उत्पादनमा जोड दिएको बताउदै यसले समग्र जिल्लाको कृषि क्षेत्रमा जोड दिनु पर्ने बताउनुभयो । साथै उहाँले धान दिवस मनाइरहदा किसानलाई कसरी रोप्ने कति रोप्ने लगायत असल अभ्यासको बारेमा सिकाउनु पर्ने बताउदै रोपेको धानको उत्पादन कस्तो भयो त्यो पनि हेर्न आवश्यक रहेको बताउनुभयो । माटो अनुसारको बालि सिफारिस गर्न सकेमा उत्पादनमा बृद्धि गर्न सकिने बताउनु भयो ।

आधुनिकरणका प्रमुख सहसराम चौधरीले २०८१/८२ को कार्यक्रम सार्वजनिक गर्दै बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै परियोजनाबाट संञ्चालित कार्यक्रमबाट देखिएको उल्लेखनिय उपलब्धिको बारेमा समेत बताउदै कृषिमा युवाहरुलाई जोड दिएको बताउनु भयो । कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायिक गर्न आवश्यक रहेको बताउदै यसमा सबैको सहकार्य र समन्वय रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा रमेश कुर्मी, स्थानिय तहका कृषि शाखा प्रमुख, कृषि तथा पशु सेवा शाखा प्रमुख तथा प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ लगायको उपस्थिति रहेको थियो ।

आधुनिकरणका प्रमुख सहसराम चौधरीको अध्यक्षता, खरिदार सरस्वति पौडेयालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चलान कृषि प्राविधिक निरज खनालले गर्नु भएको थियो ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६