ब्रेकिंग न्युज

समुद्ध नेपाल, सुखी नेपालीको जन अपेक्षा तीनै तहका सरकार मार्फत पुरा गरौं : एमाले अध्यक्ष खनाल



कपिलवस्तु, आश्वि २५ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी (बडा दशै) २०८१ सालको पावन अवसरमा शुभकामना सन्देश जारी गदै भाइचारा एकता, सदभाव, सहकार्य कायम गर्दैं समृद्ध नेपाल, सुखी नेपालीको जनअपेक्षा पुरा गर्न तीनै तहका सरकार एवम् हामि सबै नेपालीमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा ब्यक्त गर्दछौं भनिएको छ ।

जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा जारी शुभकामना सन्देशमा हिन्दु पौराणिक कथन अनुसार असत्य माथि सत्यको विजयको रुपमा लिइने हिन्दुधर्मावम्बीहरुको महान पर्व विजया दशमी (बडा दशै) पर्व २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुप्रति शुभकामना ब्यक्त गर्दै समाजमा देखा पर्ने सवै खाले असत्य, विकृतीहरुको अन्त्य र सुसंस्कारयुक्त, समतामूलक समाज निर्माणको महत्वपूर्ण अभियानले सफलता प्राप्त गर्न वडा दशै पर्वले हामि सबैमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ ।

महान पर्व विजया दशमीको अवसरमा जारी सन्देशमा सबै धर्मावलम्बी, जात, जाती, भाषा, भाषि, वर्ग समुदाय बीचको एकता मार्फत एक अर्का बीच अझ सुमधुर बन्दै जानेमा विश्वास ब्यक्त गर्दछौं भनिएको छ।
वर्तमान नेपाली अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीको प्रभाव न्यून गर्दै स्वरोजगार श्रृजना गर्ने तर्फ राजनैतिक दलहरु बीचको बलियो सहकार्य आवश्यक रहेको चर्चा गर्दै तीनै तहका सरकार मार्फत जनअपेक्षा पुरा हुने विश्वास ब्यक्त गर्दछु भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २६ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६