ब्रेकिंग न्युज

सभापति शेरबहादुर र प्रधानमन्त्री ओलीबीचको उच्चस्तरीय समझदारी मिसन ८४ अघि टुट्दैन : पोखरेल



तुलसीपुर २९ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलहरुले स्थिर सरकार बन्न नदिएपछि दुई ठूला पार्टी मिलेको बताएका छन् ।तुलसीपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक भएकाले कांग्रेससँग मिलेको बताए ।उनले भने, ‘गठबन्धनको सरकार त बन्छन्, तर जनताको भावनाअनुसार सरकारको नेतृत्व ठूला दलले गर्छन् । जसले जनादेश पाउँछ लोकतन्त्रमा, त्यसले नै नेतृत्व गर्ने हो, तर हामीकहाँ जो कमजोर छ, त्यसले नेतृत्व गर्ने, त्यो नेताले चाहिँ अझै २७५ सीटको संसदमा ३२ सीट लिएको नेताले यो सीट चानचुने होइन, म्याजिक नम्बर हो । यसले त चमत्कार गर्छ । यसैले पाँचै वर्ष नेतृत्व गर्छ भनेर भाषण गर्दै हिँड्न थालेपछि यस्ता प्रवृत्ति रोक्न हामी मिलेका हौं ।’आफू कमजोर भएर कहिले कांग्रेस र कहिले एमाले बोक्दै हिँड्ने प्रवृत्तिबाट मुलुक बन्न नसक्ने निष्कर्षसहित ठूला दल मिलेको महासचिव पोखरेलले बताए ।

उनले ओली नेतृत्वको सरकार ढलेपछि ओरालो लागेको अर्थतन्त्र अहिले विस्तारै लयमा फर्किन थालेको जिकिर गरे । देशमा बढ्दै गएको निराशालाई हटाउन नसके लोकतन्त्र नै खतरामा पर्ने भएकाले कांग्रेससँग मिलेको उनको भनाइ छ ।

उनले कांग्रेस सभापति शेरबहादुर र प्रधानमन्त्री ओलीबीच उच्चस्तरको समझदारी बनेकाले समीकरणमा कुनै समस्या नभएको दाबी गरे ।महासचिव पोखरेलले थपे, ‘यो एउटा मिसनको लागि बनेको समीकरण हो । त्यो मिसनतर्फ अघि बढ्छ । बाहिर हल्ला भए जस्तो कुनै समस्या छैन ।

प्रकाशित : २९ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६