अन्तर्राष्ट्रिय

बिम्स्टेक सदस्य राष्ट्रबीच सहकार्य र सहयोगमा गरिबी निवारण : मन्त्री अधिकारी



काठमाडौँ १ कार्तिक ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले बिम्स्टेक सदस्य राष्ट्रबीच सहकार्य र सहयोग आवश्यक रहेको बताए । उनले छलफलको माध्यमबाट सदस्य राष्ट्रहरूसँग गरिबी घटाउने संयुक्त प्रयास हुने बताए । यस क्षेत्रमा संयुक्त र एकीकृत समाधान निकाल्नुपर्ने उनले जोड दिए ।

बैठकमा बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान र नेपालका प्रतिनिधि सहभागी थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव श्रीराम ठाकुरको नेतृत्वमा आयोजना गरिएको बैठकमा सदस्य राष्ट्रहरूबीच गरिबी घटाउने उपायहरू, सफलता र चुनौतीबारे छलफल भएको जनाएको छ ।बैठकमा विभिन्न राष्ट्रहरूले गरिबी निवारणका आफ्ना रणनीति र उपलब्धिहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित : १ कार्तिक २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६