अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशका प्राय सबै जिल्लामा सराय नाचको रौनक



बुटवल १ कार्तिक । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बडादसैँको अवसरमा सराय नाच चलिरहेको छ । शक्ति पीठमा हतियार जुधाएर नाचिने सराय नाच पूर्णिमाको दिनसम्म नाच्ने गरिन्छ ।बुधबार बुटवलको जीतगढी, अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न ठाउँमा सराय नाच भएको छ । बिहीबार अर्घाखाँचीको अर्घामन्दिर, गुल्मीको धुर्कोट, नयाँ गाउँ, बुटवलको देवीनगर लगायतका स्थानमा सराय नाच नाचिन्छ ।
विशेषगरी दुर्गा र कालिका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियार प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच नाचिने प्राध्यापक डा गीतु गिरिले बताए । देवताले राक्षसमाथि विजय हासिल गरेपछि टीका लगाउने र त्यसको खुसीयालीमा सराय नाचिएको उनको भनाइ छ ।
यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ । अर्घाखाँची, गुल्मी, प्युठान यो नाचका लागि प्रख्यात मानिन्छ । तर बसाइ सराइ गरेर ती जिल्लाका मानिस रुपन्देही, कपिलवस्तु लगायतमा जिल्लामा बसोबास गर्न थालेपछि अहिले तराईका विभिन्न ठाउँमा पनि यो नाचको रौनक बढ्न थालेको छ ।
गुल्मीबाट बुटवलको देवीनगर बसाइ सरेर आएका नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरले पूर्णिमाको दिन बुटवलको देवीनगरमा सराय नाच्ने गरिएको बताए ।कपिलवस्तुमा विभिन्न ठाउँमा पनि सराय नाच खेल्ने गरिएको छ । सामाजिक अध्येता युवराज कँडेलले प्युठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए ।
प्युठानको विजुवार लगायतका क्षेत्रमा खेलिने डल्ले सराय तिहारसम्म जारी रहने उनको भनाइ छ । पहाडी जिल्लाहरू पुरुषहरू हतियारसहित नाच्ने गरे पनि पछिल्लो समय महिलाहरू पनि यो नाचमा सहभागी हुने गरेको पाइन्छ ।
कसरी नाचिन्छ रु
नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि ९अधिकांश स्थानमा राँगो० दिइ सराय नाच सुरु हुन्छ । पहिला मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ । पञ्चेबाजाको तालमा यो नाच नाचिन्छ ।
विशेष गरी अर्घाखाँचीमा अर्घासँगै भण्डार थुम, माला रानी, बामरुक, राँगामारे, छत्रकोट, चौडिला, उलुकछत्र, खाँचीकोट, ठाडा, असुरकोट लगायतका कोटहरूमा यो नाच हुन्छ । यस्तै गुल्मीको चोयगा, धुर्कोट, जुभुंग, चन्द्रकोट, जुनियाकोट, पौदी अमराईकोट, अर्जे अमरपुरलगायतका क्षेत्रमा पनि यो नाच नाचिन्छ । पाल्पामा मुझुङ्गकोट, गोखुंगा रैनादेवी, कुसुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढीमा पनि सराय नाच नाचिन्छ ।

प्रकाशित : १ कार्तिक २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६