अर्थ-वाणिज्य

बलात्कृत बालिकाको न्यायकोलागि भालुवाङ प्रहरीमा घेराउ !



दाङ ३ कार्तिक । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै शनिवार स्थानीयहरुले इलाका प्रहरी कार्यालय भालुवाङ घेराउ गर्नुका साथै नाराबाजी गरेका छन् ।गत असोज २४ गते साँझ भालुवाङ स्थित शसस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी बालिका बलात्कृत भएकी थिइन् । घटना घटेको ९ दिन बितिसक्दा समेत प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न आनाकानी गरेको र ढिलासुस्ती गरेको भन्दै दोषीलाई सार्वजनिक गरि कडा कारवाही गर्न माग गर्दै स्थानीयहरुले प्रहरी कार्यालय घेराउ गर्नुका साथै चर्को नाराबाजी गरेका थिए । यसै बीच शनिबार भालुवाङमा बलात्कृत बालिकाको न्यायका लागि राप्ती उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरज खड्काको संयोजत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

जसको उपसंयोजकमा गंजबहादुर विष्ट रहेका छन् । भने सदस्यहरूमा घमानसिंह राउत, नारायण शर्मा, राजकुमार आचार्य, बाबुराम थापा, भिमप्रकाश पुन, मुकुन्द रोका, शिशिर पुन, विधानचन्द्र अधिकारी, विशाल ज्ञवाली, श्रीधर जिसी, दिनेश आचार्य, सुर्यकिरण केसी, कर्णबहादुर केसी, असन सारू, डिल्ली सुवेदी, विष्णु बोहरा रहेका छन् । प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न आनाकानी गरेको र ढिलासुस्ती गरेको भन्दै भालुवाङ क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, सञ्चारकर्मी, संघसंस्था र युवा तथा बौद्विक व्यक्तित्वहरूको एक बृहत भेला बसी सो समितिले संघर्षले बताएको छ । साथै उक्त समितिले शनिबार इलाका प्रहरी कार्यालय भालुवाङमा ध्यानाकर्षण पत्र बुझाउनुका साथै दवाफ मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत भएको उक्त संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।

प्रकाशित : ३ कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६