अर्थ-वाणिज्य

बालुवाटारमा कांग्रेस -एमाले छलफल के भयो सहति ?



कपिलवस्तु ४ असोज ।सत्ता गठबन्धनका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको बैठक बालुवाटारमा बसेको छ ।एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत सहभागी थिए ।कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, रमेश लेखक लगायत छन्।
प्रधानमन्त्री ओलीले यसअघि एमाले बैठकमा सरकार ढाल्ने खेल भइरहेको ब्रिफिङ गरेका थिए। उनले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएकोले सचेत हुन पनि नेताहरूलाई भनेका छन्। तर, सत्ताको प्रमुख घटक नेपाली कांग्रेससँगको सम्बन्ध सुमधुर रहेको प्रधानमन्त्री ओलीको दाबी थियो।यसैबीच प्रधानमन्त्री ओली राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरी दल विभाजन गर्न मिल्ने व्यवस्थाका लागि प्रयासरत छन्। यसका लागि उनले कांग्रेसलाई विश्वासमा लिन खोजिरहेका छन्। तर, कांग्रेसले यसबारे कुनै अडान सार्वजनिक गरिसकेको छैन।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६