पर्यटन

घरमा मनमुटाव भइरहन्छ ? यस्तो छ वास्तु शास्त्रको ‘टिप्स’ !



कपिलवस्तु ५ असोज ।विश्वमा परिवारको साथमा मिल्ने सुख र खुसी भन्दा अरु ठूलो के होला र रु मानिस जहाँबाट आए पनि र अनेकौं समस्या झेलिरहेको भए पनि घर र परिवारको भेटपछि राहत महसुस गर्दछ ।सबैले आफ्नो घरमा हमेशा सुख–शान्ति रहोस् भन्ने चाहान्छ । तर कतिपय अवस्थामा बिना कुनै कलह वा झगडा परिवारबीच मनमुटाव हुने गर्दछ । यसकालागि ग्रह दोष वा वास्तु दोष जस्ता समस्या जिम्मेवार रहने गर्दछ । यसबाट बच्न के उपाय गर्ने त रु यसो भन्छ वास्तु शास्त्र:

१ जुन घरमा दैनिक झगडा हुन्छ त्यहा लक्ष्मीको वास हुदैँन । साथै घरमा वास्तु दोष, ग्रह दोष, शनिको कुदृष्टि रहने गर्दछ । तसर्थ घरमा झगडा हुने वातावरण बनाउनु हुदैन ।

२ राती सुत्नु अघि पीतलको भाडाँमा कपूर राखेर त्यसलाई गाइको शुद्ध घीउमा डुबाएर बालेमा घरमा मनमुटाव हटाउन सकिने मान्यता छ । साथै एउटा कपुर बालेर त्यसको धुवाँ घरको सबैतिर पारेमा पनि गृह कलह हुनबाट बच्न सकिन्छ ।

३ मंगलबार हनुमानको सामुन्ने पञ्चमुखी दीयो बालेर अष्टगन्धा बालि त्यसको सुगन्ध पूरै घरमा फैलाएमा यसले पनि घरमा सकारात्मक ऊर्जा सञ्चार हुने र सुख–शान्ति रहने धार्मीक मान्यता छ ।

४ कलहबाट बच्न एक चिम्टी केसरलाई पानीमा मिलाएर नुहाउने र पूजा पाठ गरी पून केसरको टिका लगाएमा र केसर हालेर दूध पीएमा घरमा शान्ति आउने मान्यता छ ।

५ घर पुस्ने पानीमा थोरै मात्रामा नुन राखेर घर पुछेमा घरबाट नकारात्मकता दूर हुने र वास्तु दोषबाट छुटकारा पाउन सकिने धार्मीक विश्वास छ।

६ जुन घरमा हमेशा कलह र क्लेश हुन्छ त्यस घरमा सुख–शान्तिका लागि महीनामा एक पटक सत्यनारायणको पुजा लगाइ कथा वाचन गरेमा सुख समृद्धि आउने विश्वास गरीन्छ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६