अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशमा काङ्ग्रेस र जसपाका ३ नयाँ मन्त्री थपिए




बुटवल ७ कार्तिक, । लुम्बिनी प्रदेशमा काङ्ग्रेस र जसपाका तीनजना नयाँ मन्त्री थपिएका छन् ।मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ ।नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६