प्रदेश

राप्तीमा नुहाउन गएका ३ बालिकाको डुबेर मृत्यु



दाङ, ०८ कार्तिक । दाङको लमही नगरपालिका देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। राप्ती नदीमा नुहाउन गएका लमही नगरपालिका २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ बर्षकै निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भइ लमही नगरपालिका–५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज दिउँसो सवा ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन जना बालिका डुवेको खबर आएपछि पुगेको प्रहरीले उनीहरुलाई मृत अवस्थामा फेला पारेको दाङका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) इश्वर थापाले बताए।

बिहान ११ बजे आसपास खाना खाएका उनीहरु अभिभावकलाई सोधेर नुहाउन भनेर राप्ती नदीमा गएको भन्ने खुलेको डिएसपी थापाले बताए। उनीहरु तीनै जना आपसमा मिल्ने साथीहरु रहेको परिवारले जानकारी दिए थापाले बताए ।

नुहाउने क्रममा उनीहरु गहिरो भागमा पसेको हुन सक्ने प्रहरीको आशंका छ। मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवाको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।

तीनै जना बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ।

प्रकाशित : ८ कार्तिक २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६