प्रदेश

शीतगङ्गा नगरपालिकाद्वारा तिहारमा प्लास्टिकका माला बिक्रीमा पूर्ण प्रतिबन्ध



अर्घाखाँची—शीतगङ्गा नगरपालिकाले तिहार पर्वमा प्लास्टिकका माला बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नगरपालिकाले स्थानीय फूलहरूको प्रयोगलाई प्रोत्साहित गर्दै पर्यावरणमैत्री संस्कृति विकसित गर्न र प्लास्टिकजन्य मालाको प्रयोगलाई निरुत्साहित गर्न यो कदम चालेको हो। नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले भनेका छन् कि यस निर्णयले तिहारको समयमा स्थानीय उत्पादन र फूल व्यवसायलाई पनि प्रोत्साहन दिनेछ।

नगरप्रमुख छविलाल पौडेलका अनुसार नगरपालिकाले यो निर्णय कार्यान्वयनमा ल्याउन वडा कार्यालय, स्थानीय प्रशासन, प्रहरी र उद्योग वाणिज्य सङ्घलाई विशेष सहयोगका लागि अनुरोध गरिसकेको छ। यससँगै, नगरप्रमुखले नगरवासीहरूलाई वातावरण संरक्षण र स्थानीय उत्पादित फूलहरूको उपयोगमा जोड दिन सहयोग गर्न अपिल गरेका छन्।

तिहार जस्ता चाडपर्वमा प्लास्टिकजन्य मालाको प्रयोगले वातावरणमा दीर्घकालीन असर पार्ने भएकाले स्थानीय उत्पादनको प्रवर्द्धनले न केवल प्रदूषण कम गर्न सघाउ पुर्‍याउनेछ, बरु नगरलाई पनि स्वच्छ, हरित र आत्मनिर्भर बनाउने विश्वास गरिएको छ। नगरपालिकाले चाडपर्वको समयमा यस किसिमका पहलहरूलाई निरन्तरता दिने तथा अन्य नगरपालिकाहरूले पनि यसलाई उदाहरणको रूपमा लिन सक्ने नगरप्रमुख पौडेलले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६