अर्थ-वाणिज्य

सत्तारुढको ७ बुँदे वक्तव्य : सत्तामा एकताबद्ध सन्देश ,सडकको अस्थिरतालाइ निगरानी



कपिलवस्तु १० कात्तिक, ।सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसेर सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो । ‘मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्य सहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउन ‘ ’, सातबुँदेको भूमिकामा भनिएको छ ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने प्रगति विवरणमा समेटेकै अधिकांश विषय संयुक्त बक्तव्यमा उल्लेख गरिएको छ । बक्तव्यको पहिलो बुँदामै सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ ।नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर्थन जनाउने निर्णय बैठकमा भयो । ‘सात दलले सरकारले गरेको राम्रा कामहरुको समर्थन गर्दै, गर्न खोजेका राम्रा कामहरुको समर्थन गर्ने प्रतिबद्धता गरेका छौ’ बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले भने ।
संयुक्त बक्तव्यको दोस्रो बुँदामा संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन गरिएको काम उल्लेख गरिएको छ । तेस्रो बुँदामा अर्थतन्त्र सुधारका निम्ति सरकारले गरेको प्रगति विवरण राखिएको छ ।
बाँकी बुँदामा भने सरकारले आगामी दिनमा गर्ने कामबारे प्रतिबद्धता र विश्वास दिलाउन खोजिएको देखिन्छ । जसमा सहकारी ठगी प्रकरण, संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण र संशोधन, बाढी पहिरोका कारण उत्पन्न समस्या समाधान, सरकारको स्थायित्वप्रति विश्वास दिलाउने जस्ता विषय राखिएको छ ।
नेताहरुका अनुसार सहकारी बचत रकम अपचलन मुद्दामाथि चलिरहेको कारबाही प्रक्रियाबारे केही छलफल भयो । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेर बयान लिने प्रक्रिया चलिरहेकाले यो विषयमा प्रधानमन्त्री ओली सहित नेताहरुले धारणासहित ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले रविबारे सरकार निर्मम हुने संकेत गरेका थिए ।
‘सहकारीमा जुन काम गर्नुभएको छ ९रवि लामिछानेबाट०, त्यस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ प्रधानमन्त्रीले भने । रवि जोडिएको विषयमा गृहमन्त्री रमेश लेखकले पनि थप जानकारी दिए ।

प्रधानमन्त्री र गृहमन्त्रीको कुरामा अरु नेताको फरक मत नभएपछि संयुक्त वक्तव्यको चौथो बुँदामा सहकारी ठगी प्रकरण र लामिछानेबारे प्रतिबद्धता उल्लेख गरिएको छ ।शान्त ओली, प्रशन्न देउवा सरकारको सयदिने प्रगति विवरण, नेताहरुको सार्वजनिक सम्बोधन र १७ असारको सात बुँदे सहमतिमै उल्लेख भएका विषयहरु समेटेर शुक्रबार संयुक्त बक्तव्य जारी गर्नुको कारण भने यो सरकार फेर्न सजिलो नरहेको सन्देश दिनु रहेको नेताहरु बताउँछन् ।

‘हरेक महिना सत्ता साझेदार दलका नेताहरु बसेर कुरा गर्ने भन्ने योजना अनुसार आज तेस्रोपटक हामी जुट्यौं’ सत्ता साझेदार दलका एक नेता भन्छन्, ‘तर संयुक्त बक्तव्य जारी हुनुमा अहिलेको परिस्थिति कारण हो ।’ विपक्षी दलहरुले संयुक्त कार्यक्रम बनाएर विरोधमा उत्रन लागेको र सरकारको आयुबारे बोल्न थालेकाले सत्तारुढको पनि संयुक्त आवाज सार्वजनिक गरिएको उनी बताउँछन् ।

संयुक्त बक्तव्यको अन्तिम बुँदामा सरकारको स्थायित्वबारे उल्लेख गरिएको छ । ‘अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित होइनन्’, वक्तव्यमा भनिएको छ, ‘त्यसमाथि सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन ।’
प्रमुख सत्ता साझेदार दल कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको निर्थक हल्ला चलेकाले बक्तव्य मार्फत् प्रष्टोक्ति दिनु परेको बताए । ‘यो सरकार बदलिन्छ, आज बदलिन्छ भोलि बदलिन्छ भन्ने खालका कुराहरु छन्, त्यसका पछाडि कुनै तर्क अर्थ केही पनि छैन, त्यो निर्थक र भ्रमपूर्ण कुरा हो’, गृहमन्त्री लेखकले बैठकपछि भने, ‘अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडि बढिरहेको छ, त्यो ९सरकार फेरिने० भ्रममा नपर्न आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’

सत्ता साझेदार जसपाका नेता मो। इस्तियाक राई, प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक महिनामै सरकार ढल्छ भन्ने अभिव्यक्ति दिन थालेकाले सरकारको स्थायित्वबारे धारणा सार्वजनिक गर्नु परेको बताउँछन् ।

‘प्रचण्डजीले एक महिनामै सरकार ढल्छ भनिराख्नु भएको छ । सरकार ढाल्ने भने सदनमा आउनुस्, १३८ को म्याजिक नम्बर पुर्‍याउनुस्’, उनी भन्छन्, ‘जसले बहुमत जुटाउँछ, त्यसले सरकार चलाउने लोकतान्त्रिक प्रक्रिया हो, हामीले भनेको यही हो ।’

बैठकमा सहभागी अर्का एक नेता त आजको छलफल र संयुक्त वक्तव्य मार्फत् कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले अरु सत्ता साझेदार दलहरुमा सरकारको स्थायित्वबारे ढुक्क बनाउने खोजेको देखिन्छ ।प्रधानमन्त्रीले जे भन्नु हुन्छ, शेरबहादुर देउवाले त्यही हो, त्यही हो भन्नु हुन्छ’ ती नेता भन्छन्, ‘त्यसैले अर्को सरकार संभव छैन भन्ने सन्देश दिन खोजिएको जस्तो लाग्छ ।’ उनी आजको बैठकमा प्रधानमन्त्री ओली शान्त देखिन्थे भने देउवा खुशी ।’

कतिसम्म भने रवि पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको आन्दोलन असफल भएको ब्रिफिङ प्रधानमन्त्रीले सुनाउँदा पनि देउवाले ‘हो मा हो’ मिलाएका थिए ।सत्ता नफेरिने सन्देशपछि देउवा र ओलीले सरकारविरोधी गतिविधिविरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेतका रुपमा पनि वक्तव्य जारी गर्न तयार भएको अर्का नेता बताउँछन् । ‘माओवादी, रवि लगायतलाई अराजक नहोस्, त्यसो भयो भने सरकार कडाईका साथ प्रस्तुत हुन्छ भन्ने सन्देश पनि हो’, उनी भन्छन् ।

प्रकाशित : १० कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६