खोज–अनुसन्धान

नेकपा माओवादीको महावीर समूहमा हत्या प्रकरण :२ जना पकाउ



कपिलवस्तु १० कार्तिक । कपिलवस्तुमा नेकपा माओवादीको महावीर समूहमा रहेका नेताहरुबीच चन्दाका विषयमा विवाद हुँदा एक जनाको हत्या भएको खुलेको छ ।प्रहरीले त्यो समूहमा रहेका जयप्रकाश यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना सोही समूहका नेताहरुलाई पक्राउ गरेको छ ।

उनीहरु नेकपा माओवादीबाट अलग भएको महाविर समूहको जिल्ला नेतृत्वमा रहेका थिए । महावीर समूहका कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्चार्ज भएको र पार्टीमा उनी परिवर्तन उपनामले चिनिन्थे ।
यादवको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा ओखलढुंगाका रमेश श्रेष्ठ र कपिलवस्तु वाणगंगाका मनकला थारू छन् ।उनीहरूलाई कपिलवस्तु प्रहरीको विशेष टोलीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । यादवको शव असोज ४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका–२ भैँसीघाट खोला किनारमा खाल्डोमा पुरेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धान गरेको कपिलवस्तु प्रहरीले अन्ततः हत्यामा संलग्न श्रेष्ठ र थारूलाई पक्राउ गर्न सफल भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले जानकारी दिए ।पक्राउ पर्नेमा ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका९५, सेरनाका ४७ वर्षीय रमेश श्रेष्ठ र कपिलवस्तुको वाणगंगा नगरपालिका(२, तिनैयाकी ४६ वर्षीया मनकला थारु सोही पार्टीको जिम्मेवारीमा रहेका हुन् ।

श्रेष्ठ उक्त समूहको कपिलवस्तु जिल्ला सेक्रेटरी हुन् भने मनकला कपिलवस्तु महिला विभाग प्रमुख हुन्। थारूलाई पार्टीमा गीता उपनामले चिनिन्छ ।
मृतक यादव कपिलवस्तुका विभिन्न क्षेत्रमा अवैध चन्दा संकलन गर्ने गरेको तर श्रेष्ठमाथि आरोप लगाउने गरेपछि उनको हत्या भएको खुलेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको एसपी भट्टको भनाइ छ ।

प्रकाशित : १० कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६