ब्रेकिंग न्युज

सरकार दलाल, पुँजीपति व्यापारीले बनाइदिएको पुष्टि भयोः अग्नि सापकोटा



काठमाडौँ, १० कार्तिक । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै सापकोटाले अहिले देशमा पहिलो र दोस्रो ठुलो दलबाट बनेको सरकार अरू कसैले बनाइदिएको सरकार भएको पुष्टि भएको बताए । जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने गरेको पनि उनले बताए ।

उनले सरकार नेपाली जनताको नभएर सीमित दलाल पुँजीपति व्यापारी र माफियाको भएको बताए । माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

असोज ७ गतेदेखि मौसम विभागले दिएको सूचनालाई सरकारले बेवास्ता गरेका कारण देशमा ठुलो जनधनको क्षति भएको बताए । उनले पटक पटक संसद् विघटन गर्ने पार्टीले लोकतन्त्रको दुहाई दिन नसुहाउने भन्दै फेरि दल फुटाउन अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाए । उनले अहिले सरकारलाई काठमाडौँबाट खबरदारी गरे पनि सरकारले सुनेन भने देशव्यापी रूपमा खबरदारी गर्न तयार रहेको उल्लेख गरे । सरकारले भ्रष्टाचारी र बिचौलियालाई संरक्षण गरेको बताए ।

प्रकाशित : १० कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६