देश

चीन र भारतजस्ता छिमेकी देशसँग हाम्रो राम्रो सम्बन्ध थियोः प्रचण्ड



काठमाडौँ, १० कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको सङ्घर्षबाट बनेको संविधान यसमा कुनै किसिमको छेडखानी नहोस् भनी सचेत गराउनका लागि यो खबरदारी सभा गरेको बताएका छन् ।

माओवादी केन्द्रको बागमती प्रदेश, उपत्यका प्रदेशलगायतले शनिवार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले बेलैमा सरकारबाट निकालेर राम्रो काम गरेको भन्दै केपी ओलीलाई धन्यवाद दिए । उनले भने, ‘हामी जनतातिर फर्केका छौँ तपाईँहरूको मुक्ति नहुँदासम्म लड्ने छौँ ।’

भ्रष्टाचार, सुशासन र आर्थिक विकासको सन्दर्भमा काम गर्दै गरेको दाबी गर्दै अध्यक्ष अध्यक्ष प्रचण्डले भारत र चीनलगायत छिमेकी देशसँग धेरै राम्रो सम्बन्ध रहेको धारणा राखेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले राखेको कुराले विश्वमा नेपालले इज्जत बढेको दाबी गर्दै अध्यक्ष प्रचण्डले सुशासनको पक्षमा कसैले कदम चालेको हो भने त्यो माओवादी चालेको दाबी गरे ।

प्रकाशित : १० कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६