कपिलवस्तु १३ कात्तिक, ।सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको हो । प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोग गठन गरेको हो उनि लुम्बिनी प्रदेशका पुर्ब समाजिक बिकाश मन्त्री समेत हुन ।उपाध्यक्षमा सनतकुमार कार्की, बिज्ञ सदस्यमा जगतबहादुर बस्नेत र टेकबहादुर शाह, सदस्यहरुमस गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, गोबद्र्धन कोली र आरती भण्डारी रहेका छन् । एक महिना अघि आयोग गठनका लागि गठन आदेश समेत मन्त्रिपरिषदबाट जारी भएको थियो । अब सोही आदेश अनुसार आयोगले काम नेकपा एमालेसँग गठबन्धन गरेपछि ८ चैत २०८० मा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस नेता केशव निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोग खारेजीको निर्णय गरेको थियो । नवगठित आयोगको कार्यकाल ३ बर्षको रहेकोे छ । केन्द्रमा ९ सदस्यीय आयोगको सदस्य सचीवमा नापि बिभागका उपमहानिर्देशक शुशिल डङगोल नियुक्त भएका छन ।
१४ कार्तिक २०८१, बुधबार
प्रतिक्रिया