अर्थ-वाणिज्य

अर्घाखाँचीमा कार दुर्घटनामा घाइते चालकको मृत्यु



कपिलवस्तु १९ कार्तिक । अर्घाखाँचीमा भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएका कारका चालकको मृत्यु भएको छ ।हिजो साँझ भारतीय नम्बरको एचआर ५५एयू८७९३ नम्बरको कार सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका कारका चालक मालारानी गाउँपालिका नविन नेपालीलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको थियो ।
नेपालीलाई राति ९ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । दुर्घटनामा परेको कार टुक्राटुक्रा भएको छ । २ जना कार दुर्घटना हुनु भन्दा केही बेर अघि मात्रै झरेको डिएसपी मल्लले बताए ।दुर्घटनामा परेको कार कात्तिक १५ गते इलाका प्रहरी कार्यालय ठाडा अमराईमा इन्टी भएको देखिएको उनले बताए ।

प्रकाशित : १९ कार्तिक २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६