ब्रेकिंग न्युज

नेताको वरिपरि घुम्ने परिपाटी अन्त्य गरौं : नेता पंथी



कपिलवस्तु । नेकपा (एमाले) का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष, पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीलेयुवा, विद्यार्थीका केन्द्रिय तहका नेताहरु नेताको वरिपरी घुम्ने परिपाटी अन्त्य आवश्यक रहेको चर्चा गर्नु भयो । पार्टीका नेतालाई यएरपोर्ट लिन जाने र नेताको घरमा धाउने परिपाटी बढदै गएको तर्फ संकेत गर्दै त्यस्तो परिपाटी मौलाउदा संगठन कमजोर भएको तर्क गर्नु भयो । युवा नेता पंथीले पार्टीका नेतालाई एएरपोर्टमा लिन जाने, नेताको घरमा दैनिक जसो पुग्ने परिपाटी विकास हुदा संगठनको परिभाषित काम कमजोर भएको धारणा राख्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथी रहनु भएका नेता पंथीले राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले जिल्लाको जीपपुरमा दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आद्रान प्रदान कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । कार्यक्रमा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले पार्टीले युवा विद्यार्थीका सन्दर्भमा स्पष्ट कार्य योजना ल्याउन आवश्यक रहेको चर्चा गर्नु भयो । नेता पोख्रेलले विश्वका अन्य मुलुकमा पनि युवा विद्यार्थीका बीचमा पार्टीका गतिविधी बढाउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले एकै ब्यक्तिलाई पटक पटक अवसर दिने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको चर्चा गर्दै अवसरलाई एकै ब्यक्तिमा केन्द्रित गर्नु उपयुक्त नहुने धारणा राख्नु भयो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राम नयन यादवले सिफारिसका आधारमा जिम्मेवारी दिदा सक्रिय कार्यकर्ता भूमिका विहिन भएको चर्चा गर्नु भयो ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष तिलाराम गिरीको अध्यक्षता, सचिव पाण्डेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेता खुम प्रसाद आचार्य, चक्रपाणी अर्याल, धर्मराज भुसाल, द्रोणराज सुवेदी, शंकर पाण्डे, एल.पि.बेल्बासे, विष्णु गिरी, कृष्ण सापकोटा, बुद्धिराम पोख्रेल, भिम बहादुर थापा, चेतनारायण भण्डारी, विजय कुवँर लगायतका नेता तथा कार्यकर्ताको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १९ कार्तिक २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६