हरि घिमिरे, १९ कार्तिक ।
कपिलवस्तु, रुपन्देही, र आसपासका जिल्लामा सोमबार परेको अविरल वर्षासँगै असिनापातले किसानहरूको मुहारमा चिन्ताको रेखा थपिदिएको छ । काटेर खेतमै थुपारेर सुकाउने क्रममा रहेका धानका बाला वर्षाको पानीले भिज्न पुगेपछि किसानहरूले ठूलो क्षतिको सामना गर्नुपरेको छ। मौसम पूर्वानुमानको स्पष्ट जानकारी नहुँदा किसानहरूलाई तयारी गर्न पनि कठिन भएको बताइन्छ ।
धेरै मेहनत गरेर धान काटेर खेतमै थियौं, तर पानीले भिजाउनाले अब बाली सड्ने डर रहेको स्थानीय किसानकाले बताएका छन् । उनिहरुले हाम्रो वार्षिक आम्दानीमा प्रत्यक्ष असर पार्ने बताए ।
सामाजिक सञ्जालमा स्थानीयले वर्षा र असिनाको क्षतिको तस्बिरहरू सेयर गरिरहेका छन । कृषि विज्ञहरूका अनुसार, यस किसिमको असिनापात र अविरल वर्षाले धानको गुणस्तरमा ह्रास आउने र थन्क्याउने प्रक्रिया ढिलाइ हुने सम्भावना छ । बाली बिग्रँदा उत्पादन कम हुने र बजारमा मूल्य घट्न सक्ने भएकाले यसको असर उपभोक्तासम्म पनि पुग्नेछ ।
कृषि कार्यालयका अधिकारीहरूले किसानलाई यथासम्भव खेतबाट भिजेको धानलाई सुरक्षित राख्न र मौसमको भविष्यवाणी हेरी बाली व्यवस्थापन गर्न सल्लाह दिएका छन् ।
यो समयमा आएको असिनासहितको वर्षाले कृषकहरूको कडा मेहनतलाई चुनौती दिँदै, उत्पादन र आम्दानीमा नकारात्मक असर गरेको छ। लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुमा असिना सहितको पनि परेको छ ।
१९ कार्तिक २०८१, सोमबार
प्रतिक्रिया