कपिलवस्तु कात्तिक २२ ।
सामाजिक रुपान्तरणका निम्ति ८१ वर्षे स्व.द्रोर्णकला बेल्बासेको योगदान निकै स्मरण योग्य, रहेको नेकपा (एमाले) केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले धारणा राख्नु भयो । नेता पोख्रेलले स्व.द्रोर्णकला बेल्बासेको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा विहिबार आयोजित श्रद्धाञ्जली सभामा यस्तो धारणा राख्नु भएको हो ।
श्रद्धाञ्जली सभामा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले स्व.द्रार्णकला बेल्बासेले थुप्रै विकृती, विसंगतीका विरुद्ध साहसिक योगदान पु¥याउनु भएको चर्चा गर्नु भयो । सभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शारदा शर्माले महिला आन्दोलन र सामाजिक विभेदका विरुद्ध द्रोर्णकला बेल्बासेको योगदान उदाहरणिय रहेको चर्चा गर्नु भयो ।
जिल्ला समन्वय समिति, कपिलवस्तुका अध्यक्ष बाबुराम आचार्यले आमाले देखाएको सत मार्गमा सामाजिक अभियान्ताको ध्यान जानु आवश्यक रहेको चर्चा गर्नु भयो । जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न कार्यक्रममा स्व. द्रोणकला बेल्बासेको जीवनी नेकपा (एमाले) कपिललस्तुका जिल्ला कमिटी सदस्य, बुद्धभूमि इन्चार्ज एवम् सुपुत्र देवी बेल्बासेले प्रकाश पार्नु भएको थियो । जीवनी प्रकाश पार्दै एमाले नेता समेत रहनु भएका बेल्बासेले ७ वर्षको बालिकामै विवाह बन्धनमा बाधिनु भएकी ममतामयी आमाले कठोर संघर्ष गर्नु परेको स्मरण गर्नु भयो ।
जीवनी प्रस्तुत गर्दै बेल्बासेले ८१ वर्षे आमाले नेपाली समाज रुपान्तरणको अभियानमा निकै महत्वपूर्ण, , आत्म साथ योग्य, सार्थक योगदान पु¥याउनु भएको प्रति आफुलाई गर्व लागेको चर्चा गर्दै जीवनी प्रस्तुत गर्नु भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ । श्रद्धाञ्जली सभामा एमाले नेता नेत्रराज अधिकारी, धर्मराज भुसाल, द्रोणराज सुवेदी, धनु अधिकारी, लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने लगायतका नेता, कार्यकर्ता, इष्ट्रमित्रहरुको उपस्थिती रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले जानकारी दिनु भयो ।
प्रतिक्रिया