काठमाडौं २६ कार्तिक । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई ताकेता गरेको छ ।गोमालाई अनुशासनको कारबाही गरेर पार्टीबाट निष्कासन गरिएको भन्दै सांसद पदबाट हटाइदिन संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । यसअघि दुईपटक पत्र पठाए पनि प्रक्रिया नपुगेको भन्दै सचिवायले गोमालाई पदमुक्त गर्न अश्वीकार गरेको थियो ।पार्टी अध्यक्ष तथा संसदीय सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको भनिएको छ । गोमामाथि ठेकेदारसँग पैसा मागेको, अनुचित लाभ लिएको, पार्टी विभाजन गर्न खोजेको लगायतका आरोप लगाइएको छ ।जनमत पार्टीका प्रतिनिधि सभामा ६ सांसद छन् ।
२६ कार्तिक २०८१, सोमबार
प्रतिक्रिया