कपिलवस्तु २७ कात्तिक, । सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्यूटर अपरेटर विकास पाण्डे पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालयबाट गएको टोलीले उनीहरुलाई २० हजार रुपैंया घुससहित पक्राउ गरेको हो ।‘अदालतका कर्मचारीहरुले घुस मागेको उजुरी आएपछि हामीले आन्तरिक निगरानी र अनुसन्धान गरेका थियौं, त्यसपछि न्यायिक नेतृत्वलाई जानकारी गराएर उनीहरुलाई पक्राउ गरिएको हो’ अख्तियारस्रोतले भन्यो, ‘पक्राउ गरेपछि सबै प्रक्रिया पुरा गरेर उनीहरुलाई हिरासतमा लिइएको छ ।’अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जिल्ला अदालत कपिलबस्तुमा अख्तियारले स्टिङ अपरेसन गरेको पुष्टि गरे । उनले भने, ‘यसवारेको विस्तृत विवरण संकलन गरिरहेका छौं ।’न्यायालयभित्र कर्मचारीवृत्तमा हुने घुसखोरीमा विरलै हात हाल्ने अख्तियारले पछिल्ला केही वर्षयता अदालतभित्र सक्रियता देखाएको थिएन । सेवाग्राहीको उजुरीको आधारमा रंगेहात कारवाही गरेको अख्तियारले अदालतका दुई कर्मचारी पक्राउ गरेको हो । जिल्ला अदालत रहने तहसिल्दारफैसला कार्यान्वयनको जिम्मेवारीमा हुन्छन् ।
२८ कार्तिक २०८१, बुधबार
प्रतिक्रिया