ब्रेकिंग न्युज

चीनतर्फ थप ४ नाका खुलाएर दक्षिणका मुख्य नाकासँग जोड्ने सरकारको तयारी



कपिलवस्तु १ मंसिर ।सरकारले उत्तरतर्फ थप ४ नाका खुलाउन पूर्वाधार बनाउने भएको छ। दक्षिणका मुख्य नाकासँग जोड्न उत्तरतर्फ पूर्वाधार बनाउन लागिएको हो।प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर दोस्रो हप्ता हुने चीन भ्रमणमा उत्तरतर्फ ४ वटा नाका थप गर्ने विषयमा छलफल हुने बताइएको छ। अहिले २ नाका रहेकामा ४ थपगरी ६ नाकालाई दीर्घकालीन व्यापारिक नाका बनाउन सकिने सरकारी अधिकारीको बुझाइ छ।

भन्सार विभागअन्तगर्त ४१ वटा भन्सार कार्यालय छन्। जसमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय छन्। हाल २७ वटा नाकाबाट वस्तु आयात(निर्यात भइरहेका छन्। दक्षिण जिल्लामा ससाना गरी २५ वटा भन्सार कार्यालय छन्।जसमा मेची, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, कञ्चनपुर भन्सार कार्यालय बढी राजस्व संकलन हुन्छ। यी भन्सारलाई उत्तरसँग जोड्न नाका विस्तार गरिँदै छ।

अहिले चीनसँग ९ वटा भन्सार कार्यालय छन्। सञ्चालनमा रहेका २ नाकामध्ये रसुवागढीको आयात हिस्सा ४।२८ छ भने तातोपानीको हिस्सा ३।१६ प्रतिशत देखिन्छ। अरू नाकाको आयात नगन्य छ।पछिल्लो समय गाडी, फलफूल, लसुन, लत्ताकपडा र इलेक्ट्रोनिक्स समान २ वटा उत्तरी नाकाबाट भित्रिए पनि अझै ठूलो हिस्सा पानीजहाजका माध्यमबाट भारतीय नाका र हवाई कार्गो देखिन्छ।

‘चिनियाँ वस्तु ल्याउन उत्तरी नाका नै छोटा र कम खर्चिला छन्,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की भन्छन्,‘स्टिल, कस्मेटिक आइटम, आल्मुनियम लगायतका सामग्री दक्षिणी नाकाबाट आउँछन्। गाडी, लत्ताकपडा, फलफूल उत्तरी नाकाबाट आउँछन्।’

गत भदौमै हिल्सा(सिमिकोट सडकखण्डलाई २ लेनमा स्तरोन्नति गर्ने विषयमा चीनसँग लेटर अफ एक्सचेन्ज भइसकेको छ। सुदूरपश्चिमबाट चीन जोड्ने छोटो र सहज नाका हुने छ यो।मुस्ताङको कोरला नाका अहिले सञ्चालनमा छ। चिनियाँहरूले नाका सञ्चालनका लागि आफ्नातर्फ पूर्वाधार बनाइसकेका छन्। नाकामा नेपालतर्फ एकीकृत जाँच चौकी ९आईसीपी० र भन्सार यार्ड ९आईसीडी० निर्माण गर्ने विषयमा सहमति भइसकेको अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिए।

‘चीन भ्रमणका विषयमा व्यापारिक नाका थप खुलाउनुपर्छ भन्ने नेपालले सधैँ माग गरिरहेको विषय हो,’ अर्थ मन्त्रालयका प्रवक्तासमेत रहेका भट्टराईले भने,‘अर्थमन्त्रीको चीन भ्रमणमा पनि अहिलेका नाकालाई नियमित बनाउने र थप नाका सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। तर कुन नाका खोल्ने भन्ने स्पष्ट जानकारी यहाँ आइपुगेको छैन।’

प्रधानमन्त्रीले गर्ने चीन भ्रमणको संयोजन परराष्ट्र मन्त्रालयले गरिरहेकाले कुन एजेन्डा बनाउने, कुन नबनाउने उताबाटै निर्क्योल हुने भट्टराई बताउँछन्।ओलाङचुङगोला, किमाथांका, कोरला र हिल्सालाई नयाँ व्यापारिक नाका बनाउनेगरी योजना बनाइएको छ। कोरला र हिल्लामा नाका खोल्न चिनियाँ यसअघि नै तयार भइसकेका छन्। नेपालले किमाथांका र ओलाङचुङगोलामा समेत व्यापारिक नाकाका लागि चीनसँग सहयोग माग्ने तयारी गरेको छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँग व्यापारका लागि २ परम्परागत नाका छन्। अरू ६ वटा भन्सार कार्यालय रहे पनि ती नायब सुब्बाको नेतृत्वमा स्थानीय व्यापारमा केन्द्रित छन्।

गत आर्थिक वर्षभरिको तथ्यांक हेर्दा पनि आयातको हिस्सा रसुवा नाकातर्फ ३।८२ र तातोपानी नाकातर्फ २।५३ प्रतिशत छ। त्रिभुवन विमास्थल भन्सारबाट ९।१२ प्रतिशत आयात भएको थियो। करिब ८४ प्रतिशत आयात भारतीय नाकाबाट भएको छ।

चीनबाट गत आर्थिक वर्षमा २ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो। जसमा रसुवागढीबाट ६० अर्ब ९१ करोड र तातोपानी नाकाबाट ४० अर्ब ३४ करोड बराबरको आयात भए। अर्थात् दुई नाकाबाट कूल १ खर्ब १ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भए।

हाल नेपाल र चीनबीचका २ नाकामध्ये तातोपानी पुग्ने अरनीको राजमार्गको मर्मत(सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको संभाव्यता अध्ययन गर्न चीनसँग सहमति भएको छ। नेपालको बाह्रबिसेबाट उत्तरतर्फ सडक अप्ठेरो छ।

रसुवागढी नाका जोड्ने गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँस रसुवागढी सडक विस्ताको काम हुन सकेको छैन। चिनियाँले निर्माण गरिदिने स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माणका लागि चिनियाँ पक्षले साइटमा क्याम्प बनाई रहेको आयोजनाले जनाएको छ।

‘स्याफ्रुबेँसी(रसुवागढी करिब १६ किलोमिटर सडक स्तरोन्नति गर्न चिनियाँहरू साइटमा आएर क्याम्प बनाइरहेका छन्,’ सडक योजना प्रमुख खड्गलाल श्रेष्ठले भने,‘नेपालकै खर्चमा हुने मैलुङ(स्याफ्रुबेँसी सडकको ठेक्का तोडिसकेको छ। बहुवर्षीय ठेक्का लगाउन सहमति माग गरेका छौँ।’

भन्सार विभागले २ वटा नाकामा सडक पहुँच भएकाले आयात(निर्यात भए पनि अरू ठाउँमा सडक पूर्वाधार कम भएको जनाएको छ।
संखुवासभाको किमाथांकासम्म सडक पहुँच नै राम्रोसँग बन्न सकेको छैन। हिल्सा नाकामा कर्णाली करिडोर नखुल्दासम्म व्यापार सम्भव नहुने भन्सार विभागले जनाएको छ।

‘चीनतर्फ थप नाका खुलाउने विषयमा सुनिराखेका छौँ,’ विभागका महानिर्देशक हरिशरण पुडासैनी भन्छन्,‘अधिकांश नाकामा हाम्रा भन्सार कार्यलय छन्। दुवैतर्फ सडक पूर्वाधार र भन्सार कार्यालय बनाए वस्तु आयात(निर्यात गर्न सहज हुन्थ्यो।’

कोरला नाकामा पूर्वाधार बन्ने तयारीमा छन्। चीनबाट वस्तु आयात गर्ने नेपालको बजार हेर्दा काठमाडौँ केन्द्रित भई नाका खुलाउँदा तत्काल फाइदा लिन सकिने व्यवसायी बताउँछन्। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की काठमाडौँ केन्द्रित पूर्वधार नै बढी प्रयोगमा आउने बताउँछन्।

‘नेपालभित्र कारोबार हुने अधिकांश वस्तु काठमाडौँ आएर बाहिरी जिल्लामा जान्छ,’ कार्की भन्छन्,‘पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार र दीर्घकालीन व्यापारका लागि थप नाका उपयुक्त हुन सके पनि अहिले तातोपानी र रसुवागढी नाका काठमाडौँ केन्द्रित व्यापारका लागि उपयुक्त छन्।’

पूर्व र पश्चिमका नाका खुले पनि देशका अन्य ठाउँका ठूला सहरमा वस्तु खपत बढे बल्ल प्रयोगमा आउने उनी बताउँछन्।सरकारी अधिकारीहरू भने थप उत्तर(दक्षिण नाका खुल्दा चिनियाँ वस्तु नेपालको सडक हुँदै भारत निर्यात गर्न सकिने ठान्छन्।
नेपाल सरकारले भारतको सीमाबाट चीनको सिमानासम्म ४ ठूला नदीमा करिडोर निर्माण गरिरहेको छ। मेची र विराटनगर नाकालाई लक्ष्य गर्दे ओलाङचुङगोला र किमाथांका नाका, वीरगन्ज र भैरहवालाई लक्ष्य गरी कोरला नाका र नेपालगन्जलाई लक्ष्य गर्दै हिस्ला नाकामा सडक पूर्वाधार निर्माण भइरहेका छन्।

उत्तर(दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालयका आयोजना निर्देशक प्रेमप्रकाश खत्रीले कोसी करिडोरको मात्रै ट्रयाक खोल्न बाँकी रहेको बताए।‘तमोर कारिडोरको ओलाङचुङगोला, कालिगण्डकी करिडोरको कोरला, कर्णाली करिडोर हिस्सासम्म ट्रयाक खुलिसकेको छ,’ सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर खत्रीले भने,‘कोसी करिडोरको खाँदबारी किमाथांकामा १ किमि ट्रयाक खोल्न बाँकी छ। नेपाली सेनाले काम गरिरहेको छ।’

खत्रीले ३ वटा करिडोरको अब स्तरोन्नति गर्नुपर्ने र कोसी कोरिडोरको ट्रयाक खुलेसँगै काम अघि बढ्ने बताए।अहिले ट्रयाक खुलेको ठाउँमा ग्राभेल हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘ग्राभेल भएको ठाउँमा कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ।’

पश्चिम नेपालमा कर्णाली करिडोर २ खण्डमा विस्तार भइरहेको छ। खुलालु(सिमिकोट(हुम्लाखण्ड १९६ किमि र हिल्सा(सिमिकोट ८८ किमि सडक निर्माण भइरहेको छ। कर्णाली कोरिडोर हिल्सा(सिमिकोट सडक योजनाका इन्जिनियर ओमप्रकाश कोहारले ट्रयाक खुलेर साउनबाट गाडी गुड्न सक्ने भएको बताए।

‘हिल्साबाट सिमिकोटसम्म गाडी कुद्न सक्ने अवस्था छ। सिमिकोटमा जग्गा मुआब्जाका कारण ६०० मिटर ट्रयाक खुलेको छैन, अर्को सडकबाट घुम्नुपर्छ,’ इन्जिनियर कोहारले भने,‘ट्रयाक खुलेको ठाउँलाई फराकिलो बनाउन नेपाली सेनालाई दिने विषयमा छलफल भइरहेको छ।’

छारे भीरलगायत अप्ठेरा पहाड नेपाली सेनाले नै काटेर ट्रयाक खोलेको थियो। चीनतर्फबाट हिल्सा नाकासम्म कालोपत्रे सडक भइसकेको छचीनतर्फबाट नेपालको सीमासम्मै कालोपत्रे सडक छ,’ उनले भने,‘हाम्रो सडकलाई राम्रो विस्तार गर्न सके दुईतर्फी गाडी कुद्न कुनै समस्या हुँदैन।’नेपालतर्फ सडक विस्तार गर्ने निर्माण सामग्री चिनियाँ सडक हुँदै आउने गरेको उनले जानकारी दिए।कर्णाली करिडोरकै दक्षिण खण्डमा ग्राभेल हाल्ने काम भइरहेको छ।

‘खुलालु(सल्लीसल्ला खण्डमा १ वर्षभित्र सबै सडक ग्राभेल हुने अवस्था छ,’ निमित्त प्रमुख तुलाराम शर्माले भने, ‘खार्पुङलगायत खोलामा पुल अत्यावश्यक छ। उक्त ठाउँमा पुल बन्दा सिमिकोटसम्म नियमित गाडी कुद्न समस्या हुँदैन।’

नेपालको मध्यभागमा पर्ने कालिगण्डकी करिडोर नवलपुरको गैँडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म कालीगण्डकी नदी किनारबाट निर्माण भइरहेको छ। ट्रयाक खुलेर अहिले गाडी सञ्चालन भइरहेका छन्। मुस्ताङ पुग्ने पर्यटक कोरला नाकासम्म गाडीमै पुग्ने गरेका छन्।

गैँडाकोटसम्म सडकको लम्बाइ करिब ४३५ किमि छ। छिमेकी मुलुक भारत र चीनको व्यापारमा महत्त्वपूर्ण ट्रेड ट्रान्जिटमा भूमिका हुने उल्लेख गरिएको छ। चीन(भारत क्रसबोर्डर व्यापार गर्ने उद्देश्यले सडक निर्माण थालिएको थियो।

कोसी करिडोर भारतको सिमाना जोगवनीदेखि चीनको सीमा किमाथांका जोड्ने त्रिदेशीय व्यापारिक मार्ग हो। जसको लम्बाइ ३९० किलोमिटर छ। संखुवासभाको खाँदबारीदेखि किमाथांका नाकासम्म सडक निर्माणधीन अवस्थामा छ।

चीन(नेपाल(भारत जोड्ने अर्को नाका ओलाङचुङगोला हो। भारतको सीमा जोगबनीदेखि पाँचथर, ताप्लेजुङको तिप्टलासम्मको दूरी ३०० किमि मात्रै छ। गत वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली नै ओलाङचुङगोला पुगेका थिए। प्रधानमन्त्री ओलीले भारतको जोगबनी हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग भएको बताएका छन्।उक्त सडक ट्रयाक खोलेर ग्राभेल गर्न ठेक्का लागेको छ। कालोपत्रेलगायतका काम गर्न भने अझै केही वर्ष लाग्नेछ।

सडक विभागले तमोर करिडोरलाई २ खण्डमा विस्तार गरिरहेको छ।‘उत्तरतर्फको सुभाङ खोला दोभान ओलाङचुङगोला सडक चीनको नाका नजिक पर्ने तिप्टला नाकासम्म ट्रयाक खोलेका छौँ,’ योजना प्रमुख सिंहबहादुर विष्टले भने,‘चीनतर्फ सडक निर्माण भइरहेको सुनेका छौँ। नेपाल हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरी पर्छ।’सीमाबाट २८ किलोमिटरको दूरीमा रिउ बजार छ। तिब्बतको सिगात्से पुग्न नजिक पर्ने विष्ट बताउँछन्।

प्रकाशित : १ मंसिर २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६