काठमाडौ २ मंसिर । दक्षिण भारतबाट सञ्चालित अंग्रेजी भाषाको अखबार ‘दि हिन्दू’मा प्रचण्डको बिहीबार आएको अन्तर्वार्तामा बोलेका केही मुद्दामा नेकपा एमालेले औपचारिक आपत्ति जनाएको छ ।
एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन् । वक्तव्यमा प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ आदि भनेकोमा एमालेले आपत्ति जनाउँदै अंग्रेजीमै वक्तव्य निकालेको छ ।
अन्तर्वार्तामा प्रचण्डले ओलीको भारतभन्दा पहिले चीन भ्रमण हुनुमा चिनियाँ कार्ड भन्दै उनले भारतसँग नेपालको इतिहास, संस्कृति र भूगोलको निकटता भएकोले पहिलो दुईपक्षीय विदेश भ्रमण भारत नै हुनुपर्ने तर्क गरेका थिए ।यसमा एमालेले कडा आलोचना गर्दै भनेको छ, ‘प्रचण्डको अभिव्यक्तिले नेपालले नेपालको विकास र समृद्धिका अंग रहेका दुई छिमेकी भारत र चीनसँग राख्दै आएको कोमल सन्तुलनलाई नजरअन्दाज गरेको छ ।’
प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व तथा राजनेताको रुपमा नेपालको सार्वभौमसत्तालाई ख्यालमा राखेर काम गरेको वक्तव्यमा भनिएको छ । कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओलीले भारतभन्दा चीन पहिलो भ्रमणमा जाने हो भन्ने सवालमा नेपाल जस्तो सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतै जाने प्रतिक्रिया दिइसकेका छन् ।
२ मंसिर २०८१, आइतबार
प्रतिक्रिया