कपिलबस्तु । कपिलबस्तुको गोरुसिंगेमा हुन गैरहेको चौथो बुद्धभुमि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा चौथो बुद्धभुमि कृषि, व्यापरिक, सास्कृतिक, पर्यटन तथा औधोगिक प्रर्दशनी मेला यहि मंसिर ६ देखि १७ गते सम्म सञ्चालन हुने आयोजक एवम् बुद्धभुमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले बताउनुभयो ।अध्यक्ष भुसालले कृषि उपजका समानहरुविक्रि वितरण, पर्यटकिय स्थलहरुको प्रचार प्रसार, समाजिक क्रियाक्रम अन्र्तगत मेला अवधिभर आंखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतको उद्देश्यका साथ मेला आयोजना गरिएको बताउनुभयो ।
मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने उहाँको भनाई छ । मेलामा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने बताईएको छ । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान पु¥याउने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरि, पत्रकार महासंघका कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल प्रेस युनियन कपिलबस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाई, प्रदेश सदस्य चिन्ता परियार लगायत विभिन्न सञ्चार गृहका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया