कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको थियो ।
मंसिर ४ गते देखि मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।उनले उद्योग व्यवसायीलाई थप प्रवद्र्धन गर्न चाडपर्वमा संघले बजार खुलाउँदै आएको बताए ।
साथै अध्यक्ष क्षेत्रीले १५ औँ कपिलवस्तु महोत्सवमा स्थानिय ब्यवसायीलाई ३५ प्रतिसम्म छुट लिई महोत्सव स्थलभित्र स्टल राख्न इच्छुक भए कार्यालयमा सम्र्पक गरी स्टल लिन आग्रह गरेका छन ।
प्रतिक्रिया