अर्थ-वाणिज्य

‘पटके’ अपराध सूचिमा रहेका प्रसाईंविरुद्ध मुद्दाको खात, हुनसक्छ ७ वर्ष कैद !




काठमाडौं ४ मंसिर । साइबर अपराध मुद्दामा पक्राउ परेका ‘ बोलीमा कुनै सत्यता नहुने ’ दुर्गा प्रसाईंको अबको भबिस्य बारे अराजक समुह
र राजाबादिमा चासो भएको छ ।उनलाई अब के सजाय हुन्छ, यसअघि पक्राउ पर्दा केही सातामा छुटे जस्तै छुट्छन् कि जेल नै जालान् भन्ने सामाजिक सञ्जालमा चासो देखिन्छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रमुख एआइजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा अदालतबाट म्याद मागेर अनुसन्धान हुने छ ।
अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ । सार्वजनिक वा सरकारी दस्तावेज कीर्ते गर्नेलाई प्रमाण पुगेमा कानूनमै सजाय तोकिएको छ । सोही अनुसार उनलाई सजाय हुने कानुनका जानकार बताउँछन् ।
अधिवक्ताका अनुसार मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । यस्तै हस्ताक्षर कीर्तेको पनि बेग्लै कारबाही छ ।
हस्ताक्षर कीर्ते कसुरमा पाँच वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुन सक्छ । प्रसाईं पक्राउपछि प्रधानमन्त्री ओलीको हस्ताक्षर किर्ते मुद्दामा समेत अनुसन्धान हुने अनुमान लगाइएको छ । यस्तै प्रसाईंविरुद्ध साइबर कानुन तथा मानहानि मुद्दा आकर्षित हुनेछ ।फेरि दुर्गा प्रसाईं कानुनअनुसार ‘पटके’ हुन् । हालै मात्र रास्वपाकी एक नेत्रीलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गरेपछि पक्राउ परेका थिए ।
तीनसाता हिरासत बसेपछि धरौटीमा छुटेका थिए । यो मुद्दा अदालतमा विचाराधीन छ। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो । तर, हिरासतमुक्त भएपछि पनि उनको शैली उही नै देखिएको छ ।
तर, एक व्यक्तिलाई एकै पटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने जानकारहरू बताउँछन् ।
कानुनका जानकारहरु भन्छन्, ‘उनीविरुद्ध मानहानि, साइबर, हस्ताक्षर किर्ते मुद्दा लागेन र सरकारी सार्वजनिक दस्तावेज कीर्तेमा मात्रै मुद्दा चल्यो भने पनि कम्तीमा ५ देखि ७ बढी वर्ष जेल सजाय हुनसक्ने देखिन्छ ।’
प्रधानमन्त्री ओलीको शेयरको कागज भन्दै उनले केही कागजात सार्वजनिक गरेका छन् । अरू मुद्दामा पनि अनुसन्धान भएर थपिएमा थप जेल सजाय र जरिवाना हुने छ ।प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका हुन् ।दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर ९साढे ३२ अर्ब रुपैयाँभन्दा बढी० लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको भन्दै उनलाई पक्राउ गरिएको छ ।गुगलबाट कागजात डाउनलोड गरेर एडिट गरिएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ ।

प्रकाशित : ४ मंसिर २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६