पशुपति गिरी । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आज आन्तरिक राजश्व कृष्णनगरको करदाता तौलिहवा सेवा कार्यालयले आर्थिक बर्ष २०७९।८० मा वित्तीय क्षेत्रबाट सबैभन्दा बढी आयकर दखिला गरेको भन्दै संस्थालई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
कपिलवस्तुको बाणगंगा १ जितपुरमा मुख्य कार्यालय रहेको यस सिनर्जी बहुउद्देश्यीय सहकारीमा ११ हजार बढी सदस्य रहेका छन् । हाल सहकारीले सहकारी बजार, भेटेरेनरी सेवा संचालन गर्नुका साथै उद्यमशिलता प्रवर्धनमा समेत जोड दिदै आएको छ ।
प्रतिक्रिया