ब्रेकिंग न्युज

कपिलवस्तु महोत्सव : डान्स आईडलको अडिसन आज देखि सुरु



कपिलवस्तु । कपिलवस्तु महोत्सवको मुख्य आकर्षण १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन सुरु भएको छ । उक्त डान्स आईडल आज शनिबार देखि कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा सुरु भएको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् ।उनका अनुसार अडिसनमा २५ जना सहभागीले नृत्य प्रस्तुत गरेका थिए। उक्त २५ जना सहभागीमध्ये ६ जना सहभागी बाहिरिएका छन् । बाहिरिएका ६ जनालाई आयोजकले प्रमाण पत्रसहित विदाई गरेको हो । डान्स आईडलका मुख्य निर्णायक हरिशरण रिजालले अब आगामी मंसिर १४ गते शुक्रबार दोस्रो चरणको अडिसन हुने जानकारी दिए ।

‘मंसिर १४ गते दोस्रो चरणको अडिसन हुनेछ । उक्त अडिसनमा आज सहभागी भएकाहरुले पनि प्रस्तुति राख्नेछन् भने केही आज उपस्थित हुननसकेकाहरु समेत सहभागी हुनेछन्,’ उनले भने ।आयोजकले आवश्यकता अनुसार अडिसन गराउँदै जाने जानकारी दिदैं उनले १५ जना सहभागीलाई छनोट गरी प्रतिस्पर्धीको रुपमा स्टेजमा उतार्ने योजना रहेको बताए । उनले अडिसनमा निकै प्रतिभावान र राम्रो सम्भावना बोकेका बालबालिकाको सहभागिता रहेको भन्दै खुशी व्यक्त गरे ।

उनले कपिलवस्तु डान्स आईडल लुम्बिनी प्रदेशकै एक प्रतिष्ठित आईडल भएको बताउँदै यस आईडलका प्रतिस्पर्धी देशकै गहना बन्ने बताए । उनले यस पटकको आईडललाई विगतको भन्दा पृथक बनाउन नविन अभ्यासहरुको थालनी गर्ने योजना रहेको बताए ।

१३ औं कपिलवस्तु डान्स आईडलको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ७७ हजार ७७७, तृतीयले ५५ हजार ५५५ र सान्तवना हुनेले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।

प्रकाशित : ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६