बुटवल ९ मंसिर । महिलाले नेतृत्व गरेका कुनैपनि सहकारी समस्याग्रस्त सुचिमा नपरेको भुमि ब्यबस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले बताउनु भएको छ । लुम्बिनी प्रदेशका १३० वटा सामाजिक उधमी महिला सहकारी सस्थाका महिला दिदि बहिनीले गरेका उधमशिल गतिविधिको बुटवलमा भएको प्रस्तुति सुनेर आफु अत्यन्तै उत्साहित भएको मन्त्री अधिकारीले उल्लेख गर्नु भएको छ । हेफर ईन्टरनेशनलको सहयोगमा सहकारी उधमी बनेका महिला लुम्बिनी प्रदेशमा ६५ हजारबढी महिला आबद्ध रहेका छन ।सामाजिक महिला उधमी सहकारीका महिलाहरुलाइ मन्त्री अधिकारीले भन्नु भयो मुलुकमा ५ सयभन्दा कम सहकारी खराब भएपनि ३१ हजार बढी सहकारी नै बदनाम हुनेगरी अफवाह फैलाइएकाले त्यसलाइ तपाईहरुले चिर्नु पर्छ ।कार्यक्रममा २९० उधमी सहकारीका महिला सहभागी थिए । हेफरले प्रबर्द्धन गरेको सामाजिक महिला उधमी सन्जाल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भुमि ब्यबस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकार र हेफर बिच केहि समय यता साझेदारी अघि बढेको बताउनु भयो ।सो अबसर्मा हेफरका निर्देशक डा .तिर्थ रेग्मी ,प्रदेश साम्सद रीना गिरी ,बाणगङ्गगाका उपमेयर रिता थारु बुटवलकि उपमेयर साबित्रा शर्मा लगायतले बोल्दै हेफरका काम शह्रानिय भएको बताउनु भएको थियो ।
९ मंसिर २०८१, आइतबार
प्रतिक्रिया