ब्रेकिंग न्युज

प्रचण्डले थाले ओलीले बिटमारे : श्रेष्ठ बने धितोपत्र बोर्ड अध्यक्ष




काठमाडौं १० मंसिर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।सेबोन करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ ।

त्यसैअनुसार नयाँ अध्यक्ष नियुक्त नहुन्जेल अर्थमन्त्रालयले कर्मचारीलाई नै अध्यक्षको हैसियतमा पठाउँदै आएको थियो । अब भने बोर्डले नयाँ अध्यक्ष पाएको हो ।हमालको कार्यकाल सकिएपछि २०८० माघ ३ गते सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।सो समितिले फागुन १४ गते सूचना जारी गर्दै अध्यक्षमा दरखास्त आह्वान गरेको थियो । अध्यक्षका लागि फागुन ३० गतेसम्म १९ जनाले आवेदन दिए । सोमध्ये ५ जना सर्टलिस्ट परे ।

सर्टलिस्टमा परेका ५ जनालाई असारको पहिलो साता अन्तरवार्ताका लागि बोलाइयो । तर, सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै अन्तरवार्ताका लागि आएका थिए । सर्टलिस्टमा परेकाहरुमध्ये चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र नवराज अधिकारी आएनन् ।

अन्तरवार्तामा ३ जना सहभागी नभएपछि धितोपत्र बोर्ड ऐन २०६३ का अनुसार बोर्डको अध्यक्षका तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ । २ जना मात्रै अन्तर्वार्तामा आएपछि ३ जनाको नाम सिफारीस गर्न नमिलेपछि पुनः अध्यक्ष छनौट समितिले असार दोस्रो साता एक सूचना जारी गर्दै अध्यक्ष नियुक्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया रद्ध गरेको थियो ।

सरकारको प्रक्रिया रद्ध गरेपछि सन्तोषनारायण श्रेष्ठले नै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । श्रेष्ठले दायर गरेको रिटको फैसलाले पुरानै प्रक्रियाबाट अध्यक्ष छनौट प्रक्रियाको बाटो खोलिदिएको थियो

त्यसपछि अध्यक्ष चयनका लागि रोकिएको प्रक्रिया फेरि अगाडि बढेको थियो । सर्वोच्च अदालतले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खोलिदिएपछि सरकारले यसअघि अन्तरवार्तामा सहभागी नभएका तीन जनालाई फेरि बोलाएको थियो । पुनः ३ जना मध्ये चिरञ्जीवी चापागाईं भने अन्तिम पटकको अन्तरवातामा नै सहभागी भएनन् ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि सिफारिस गर्न गठन भएको समितिले सूचना जारी गर्दै उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे अन्तरवार्ताका लागि बोलाएको थियो ।

प्रकाशित : १० मंसिर २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६