काठमाडौं १० मंसिर, । नेकपा एमाले का महासचिव शंकर पोखरेलले वर्तमान सरकार देशलाई संकटमुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकलाई संकटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको जिकिर गरे ।यो सरकारले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसके अरुले सक्दैन भन्ने स्पस्ट पारे।
जसले मुलुकको अर्थतन्त्रलाई संकट पार्छ, त्यसमाथि प्रहार हुँदैन, जसले संकटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कसरी प्रहार हुन्छ भन्ने अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ’, महासचिव पोखरेलले भने ।
महासचिव पोखरेलले कतिपय निर्माण व्यवसायीहरूले काम गर्नका लागि लिएको ‘मोबिलाइजेशन फण्ड’ नाफा कमाउन जग्गामा लगानी गरेको, जग्गाको कारोबार सङ्कटमा पर्दा निर्माण व्यवसायी पनि संकटमा परेको र यसले गर्दा विकास निर्माण नै रोकिएको बताए ।
निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने ।साथै, अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्णयुग बनाउन सक्ने भएको र मुलकमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको उनले बताए ।
१० मंसिर २०८१, सोमबार
प्रतिक्रिया