ब्रेकिंग न्युज

दुर्गा प्रसाईंको पक्राउ विरुद्धको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले गर्‍यो खारेज




काठमाडौं १२ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।बुधबार सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले प्रसाईंका छोरा निराजनले दायर गरेको रिट खारेज गर्दै सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । आदेशको पाठ सार्वजनिक नभइसकेकाले निर्देशनात्मक आदेशको विषयवस्तु भने सार्वजनिक हुन बाँकी छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब बढीको सेयर रहेको भन्दै प्रसाईंले पत्रकार सम्मेलन गरेका थिए । उक्त तथ्य सार्वजनिक भएपछि प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई यही मंसिर ४ मा पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई दोस्रोपटक म्याद थप गरी अनुसन्धानको अनुमति दिएपछि उनी हिरासतमै छन् । अदालतकै आदेशमा पछिल्लो समय भने उनी प्रहरीको निगरानीमै अस्पताल बसेका छन् ।प्रसाईंविरुद्ध विद्युतीय अपराध, सम्पत्ति शुद्धीकरणसहितका आरोपमा अनुसन्धान भइरहेको छ । छोरा निराजनले प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै मंसिर ८ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासले मंसिर ९ मा बन्दीलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो ।

बुधबार उनलाई अदालतमा उपस्थित गराएर हिरासत फर्काइएको थियो । सर्वोच्चबाट रिट खारेज भएसँगै प्रसाईंले अब सरकारी वकिलबाट रिहाइ नभएर अदालतमा मुद्दा दायर भएपछि हुने थुनछेक आदेश कुर्नुपर्ने भएको छ ।

प्रकाशित : १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६