कपिलवस्तु । १५औँ कपिलवस्तु महोत्सव अन्तर्गत रहेको १३औं कपिलवस्तु डान्स आईडलको मेगा अडिसन सकिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा शुक्रबार मेगा अडिसन सकिएसंगै आईडलको प्रतिस्पर्धीका रुपमा स्टेजमा उत्रिने १५ जनाको नाम टुङ्गो लागेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् ।
शुक्रबार भएको मेगा अडिसनमा २१ जना सहभागी भएको जानकारी दिदैं उनले भनिन्, ‘मेगा अडिसनमा २१ ज्ना सहभागी थिए । त्यसमध्ये १५ जना सहभागीलाई आईडलको प्रतिस्पर्धीका रुपमा स्टेजमा प्रस्तुति दिने गरि छनोट गरिएको छ ।’
उनले मेगा अडिसनबाट बाहिरिएका ६ जनालाई स–सम्मान प्रमाणपत्रसहित विदाई गरिएको बताईन् ।
डान्स आईडलका मुख्य निर्णायक हरिशरण रिजालका अनुसार अडिसनको पहिलो र दोस्रो चरणमा १५० जना सहभागी भएका थिए । जहाँ २१ जना मात्र मेगा अडिसनमा पुग्न सफल भए । मुख्य निर्णायक रिजालले अब यी छनोट भएका १५ जना प्रतिस्पर्धीले यही मंसिर २० गतेदेखि आ(आफ्नो प्रस्तुति राख्ने जानकारी दिए ।
लुम्बिनी प्रदेशमै सबैभन्दा ठूलो धनराशीको यो आइडलले क्षमतावान र नृत्य क्षेत्रमै जम्न सक्ने प्रतिभाको खोजी गर्ने बताए । सामान्य घर(परिवारका बालबालिका आईडलमा सहभागी भएको बताउँदै उनले भने, ‘नृत्य क्षेत्रलाई नै भविष्य मानेर अघि बढ्ने सपना देखेका प्रतिभाको यस आईडलले खोजी गर्ने छ ।’
डान्स आईडलका प्रतिस्पर्धीले आईडलमा सहभागी भएपछि आफ्नो नृत्यमा निखार्ता आएको महसुस गर्ने उनले दाबी गरे । उनले यस पटकको १३औं कपिलवस्तु डान्स आईडल विगतको भन्दा बृहत हुने बताए । आईडलमा नयाँ नयाँ अभ्यासहरु प्रयोग गरेर आईडललाई व्यापक बनाउन लागिएको उनको भनाई छ ।
यी हुन मेगा अडिसनबाट छनोट भएका सहभागीहरु
१।निरुता वि।क
२। आस्था थारू
३। अनुस्का थारू
४।सन्ध्या परियार
५। अनुस्का पाण्डे
६।।स्मारिका खनाल
७। निलम पौडेल
८। प्रिन्सा हमाल
९।जस्मिन घिमिरे
१०।प्रतिज्ञा गिरी
११।पवित्रा कु। छहरी मगर
१२।सन्ध्या खनाल
१३। रबिना रास्कोटी
१४।वितिता भुसाल
१५। अर्नप परियार
१३औं कपिलवस्तु डान्स आईडलको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ७७ हजार ७७७, तृतीयले ५५ हजार ५५५ र सान्तवना हुनेले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।
१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।
प्रतिक्रिया