कपिलवस्तु २३ मंसिर ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा बसेको बैठकमा समसामयिक राजनीति, भावी योजना तथा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने विप्लवका सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सोमबार र मङ्गलवार पोलिटब्युरो बैठक बस्नेछ । स्थायी समिति तथा पोलिटब्युरो बैठकले तय गरेको एजेन्डा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने विप्लवका सचिवालय सदस्य विमर्श आचार्यले जानकारी दिए
प्रत्येक ६र६ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था अनुसार विप्लवले बैठक बोलाएका हुन् । यसअघि गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र २०८४ मा हुने निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको थियो ।
२३ मंसिर २०८१, आइतबार
प्रतिक्रिया