अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को कार्यविभाजन संशोधन



रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावलीका ६ वटा विभिन्न विषयहरुमा सामान्य हेरफेर, थपघट गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए
‘यो सामान्य हेरफेर र थपघट गर्ने निर्णय हो । कुनै संरचनामा हेरफेर गरिएको होइन’, मन्त्री तिमिल्सिनाले भने, ‘आवश्यकताका आधारमा नियमावली संशोधनको काम गरिएको छ ।’
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको काम तथा जिम्मेवारीको स्वामित्व लिने, नयाँ बनेको युवा तथा खेलकुद मन्त्रालयलाई काम तथा जिम्मेवारी थप्नेगरी कार्यविभाजन नियमावली हेरफेर गरिएको हो ।
प्रदेशमा युवा तथा खेलकुद नयाँ मन्त्रालय बनेको र त्यसलाई जिम्मेवारी थप गर्ने बारेमा नियमावलीले सम्वोधन गरेको छ ।

प्रकाशित : २५ मंसिर २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६